२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

बाला चतुर्दशीको पूर्व संध्यामा गुप्तेश्वर गुफा परिसरमा सरसफाई

पोखरा भ्यूज

कुश्मा, पर्वत । धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा पर्वतस्थित लायन्स क्लबको आयोजनामा सरसफाई कार्य सम्पन्न भएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत जोन ३ अन्तर्गतका पर्वतमा रहेका क्लबहरू लायन्स क्लब अफ पर्बत गुप्तेश्र्वर, पर्बत भुमेकोट, पर्बत गुप्तेश्र्वर मोदी र पर्बत सारथीको संयुक्त आयोजनामा बुधवार बाला चतुर्दशीको पूर्व संध्यामा धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्र्वर गुफा परिसरमा सरसफाई सम्पन्न भएको हो ।

पर्वत स्थित क्लबहरूले मंसिर १५ गते पर्न गएको बाला चतुर्दशी दिनको अवसरमा गुफा पुग्ने पदमार्ग, गुफा आसपासको क्षेत्र समेत सरसफाई गरेका थिए ।
लायन्स क्लब अफ पर्बत गुप्तेश्र्वरका अध्यक्ष धनराज बि पौडेलको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ३ का जोन चेयरपर्सन डासीराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पर्बत भुमेकोटका अध्यक्ष संबिधान गिरी, पर्बत गुप्तेश्र्वर मोदी रुचिला सापकोटा र पर्बत सारथीका अध्यक्ष लिला पौडेल लगाएत क्लब पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको कार्यक्रम संचालक गणेश पौडेलले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…