
पोखरा भ्यूज
पोखरा, १९ मंसिर । मंसिर २८ र २९ गते पर्वतमा हुने तेस्रो क्याविनेट मिटिङको तयारी तीब्र पारिएको छ । तेस्रो क्याविनेट मिटिङ तयारी सम्बन्धी जानकारी दिने उद्देश्यले बुधवार पोखरामा आयोजित सिनियर लायन्सहरूको भेलामा तयारीलाई तीव्रता दिईएको मूल आयोजक समितिका संयोजक एवं डिष्ट्रिक्ट को–अर्डिनेटर अर्जुन पौडेल ‘निर्जन’ले बताए ।
पौडेलले भने, ‘तयारी तीव्र गतिले अघि बढ़ेको छ, कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न उल्लेख्य सहभागिताका लागि तयारी कै क्रममा यस अघि काठमांडौं क्षेत्र, लमजुंग, गोरखाका लायन्स सदस्यलाई निमन्त्रणा गरिसकेका छौं । पोखरा क्षेत्रमा रहेका लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन्स लिडरहरूलाई विशेष निमन्त्रणा दिन पोखरा आएका हौं ।’
मिटिङ तयारीका लागि अर्जुन पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी विभिन्न७ वटा समिति समेत गठन गरिएको छ ।
मिटिङका लागि आवश्यक तयारी द्रुत गतिमा अगाडी बढ़ेको आर्थिक उप–समितिका संयोजक धनराजबि. पौडेलले जानकारी दिए । उनले भने, ‘कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ, कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न हामी तयारीमा जुटिरहेका छौं ।’ धनराज बि पौडेल संयोजक रहेको अर्थिक उप–समितिमा संबिधान गिरी, रुचीला सापकोटा, लिला दवाडी र डम्बर गिरी रहेका छन् ।
‘क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौं, धेरै भन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने हाम्रो चाहना छ’ मिटिङका लागि आर्थिक उप–समिति संयोजक धनराज बि पौडेलले भने ‘रजिष्ट्रेसन उप–समितिले आफ्नो कामलाई अगाडी बढ़ाएको छ ।
प्रि–रजिष्ट्रेशनका लागि बाग्मती क्षेत्रमा डिष्ट्रिक्ट को–चिफ एडभाईजर जनार्जन फुयालको संयोजकत्वमा सो एरियाका सम्पूर्ण रिजन चेयरपर्सन र गण्डकी क्षेत्रमा डिष्ट्रिक्ट को–चिफ एडभाईजर अमृत शोभा खत्रीको संयोजकत्वमा सो एरियाका रिजन चेयरपर्सनलाई जिम्मेवारी प्रदान गरिएको जोन ३ का जोन चेयरपर्सन डासीराम अधिकारीले जानकारी दिए । ‘डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबहरूलाई फोन मार्फ़त पनि निमन्त्रणा गर्नेछौं, हामी विश्वस्त छौं, उल्लेख्य सहभागितामा तेस्रो क्याविनेट मिटिङ सम्पन्न गर्नेछौं ।
सहभागिताका लागि सबैलाई निम्तो दिदै भने ,’यो कार्यक्रम पर्वतस्थित चार वटा क्लबले आयोजना गरेको भएता पनि सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरूको कार्यक्रम हो । त्यसैले, कार्यक्रममा सहभागी भइ दिन सम्पूर्ण लायन्स सदस्यहरुलाई अनुरोध गर्दछौं।’
दुई दिनसम्म चल्ने बैठकले जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देश प्रवाह, व्यापार व्यवसायमा गतिशिलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको छ । कार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूतिगर्न सक्नेछन् । ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा गरिएको मूल आयोजक समितिका संयोजक अर्जुन पौडेलले बताए । बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमानग रिएको छ।
मूल आयोजक समितिका संयोजक अर्जुन पौडेलको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यता सम्पन्न तयारी भेलामा पोखरा क्षेत्रका सिनियर लायन्स लिडरको सहभागिता रहेको थियो ।
भेलामा बोल्दै गभर्नर ढुङगाना र पूर्व डिष्ट्रिक्ट डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले क्लब सदस्यहरूको उल्लेख्य सहभागिता गराई फेलोशिप गराउने अवसरको सदुपयोग ग़र्न समेत सुझाएका थिए । डिष्ट्रिक्ट बाईफर्गेसन पछि पर्वतमा पहिलो पटक क्याविनेट मिटिङ हुदैछ ।लायन्सलाई ब्राण्डिंग गर्नका लागि यस कार्यक्रम कोशेढ़ुङगा सावित हुनेमा विस्वस्त रहेको बताउदै उपस्थित क्लब अध्यक्षहरूलाई धेरै भन्दा धेरै प्रि–रजिष्ट्रेसन गरेर आयोजकलाई हौशला प्रदान गर्न आग्रह समेत गरेका थिए ।
गण्डकी क्षेत्रका रजिस्ट्रेसन उप–समिति संयोजक डिष्ट्रिक्ट को–चिफ एडभाईजर अमृत शोभा खत्रीको संचालन रहेको भेलामा पोखरा क्षेत्रका रिजन चेयरपर्सनहरू क्रमशः ज्ञान बहादुर राना, जिवन प्रकाश श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, सूर्य चपाई, बुद्वी बहादुर खत्री, निरा कोईराला र मेनका श्रेष्ठले आ–आफ्ना माताहातका क्लबको रजिष्ट्रेसन प्रतिबद्वता बारे जानकारी गराएका थिए ।











