२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

२१औं बैवाहिक बर्षगाँठको दिनको अवसर पारी दुर्घटनामा परेकी महिलालाई सहयोग

पोखरा भ्यूज

पोखरा । पर्वत कुश्माका व्यवसायी दम्पती डासीराम अधिकारी र गिता अधिकारीले सडक दुर्घटनामा परेकी सरिता चापागाईंलाई आर्थिक सहयोग प्रदान गरेका छन् । अधिकारी दम्पतीले आफ्नो बैवाहिक सम्बन्ध गाँसेको २१औं बर्ष पुगेको अवसरमा गत बर्ष कार्तिक दुई गते कुश्मा नगरपालिकाको अर्मादीमा सडक दुर्घटनामा परेकी सरितालाई उपचारमा सहयोग मिलोस् भनि नगद ११ हज़ार १ सय ११ रूपैया आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका जोन ३ का जोन चेयरपर्सन समेत रहेका सामाजिक व्यक्तित्व डासीराम अधिकारीले डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको रोहवरमा उक्त रक़म सरिता चापागाईका भिनाजु चिरन्जीवी उपाध्यायलाई पोखरामा उपलब्ध गराईएको हो । सो अवसरमा लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष धनराज बि पौडेलले उनको उपचारका लागि २ हजार ५ सय रूपैयाँ थप गरेका थिए ।

पर्वतको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेकी थिईन् । दशैँको घटस्थापनाको दिन बागलुङ मन्दिरमा पूजाआजा गर्नको लागि भन्दै श्रीमान् सुरज पौडेलले चलाएको मोटरसाइकललाई जिपले ठक्कर दिएको थियो । श्रीमान् र बीचमा बसेकी सानी छोरीलाई सामान्य चोट लागे पनि सरितालाई भने गम्भीर चोट लागेको थियो । हाल उनको पोखरामा उपचार भईरहेको छ ।

सरिताको उपचारमा हालसम्म ६० लाख भन्दा धेरै रकम खर्च भइसकेको उनका आफन्तले बताए । उपचार अझैपनि निरन्तर गर्नुपर्ने र फेरि पनि मोटो रकम खर्च हुने भएका कारण इच्छुक सहयोगदाताहरूमा सहयोगको अनुरोध गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…