44Shares

पोखरा भ्यूज

१९ मङ्सिर । युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा उनले देशका सातवटै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताएका हुन् ।

साना साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रमहरू अघि सारिएको बताउँदै उनले त्यसबाट अधिकतम युवाहरू लाभान्वित हुनसक्ने विश्वास व्यक्त गरे ।

नेपाल स्काउट मार्फत प्रत्येक पालिकामा पुग्ने उल्लेख गर्दै  उक्त कार्यक्रममा तालिमका माध्यमबाट युवाहरूको क्षमता अभिबृद्धि हुने धारणा राखेका थिए ।

पोखरामा खेलप्रेमीहरूको राम्रो उत्साह देखिएको छ मन्त्री चौधरीले यहाँको पूर्वाधार विकास लगायतमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उपनिर्वाचनमा देखिएको नतिजा काँग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनलि एकतावद्ध रुपमा पार्टी संगठनलाई कृयाशिल बनाउनुुपर्नेमा जोड दिए ।

निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाई थियो ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य एबम प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रम बिभागका सदस्य पदम श्रेष्ठले कार्यक्रम सचालन गरेको उक्त कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected