२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

२६ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

पोखरा भ्यूज

पुष १,पोखरा । रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप-समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ ।

यसै क्रममा रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको छ । सुरक्षा परिषद् बैठकका सहभागीहरूले रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने औल्याए । उनीहरूले विगतका संस्करणहरूमा जस्तै यसपटक पनि सुरक्षा निकायबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप-अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतले महोत्सव सफल पार्नेबारे आ-आफ्नो धारणा राखेका थिए ।

यसपटकको सडक महोत्सवमा नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सहयोग गर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने भएका छन् । महोत्सव अन्तर्गत स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलले स्वास्थ्य समितिको बैठकमा बोल्दै महोत्सव उद्घाटनदेखि समापनसम्म अवलम्बन गरिनुपर्ने स्वास्थ्य रणनीतिका बारेमा प्रकाश पारेका थिए । महोत्सव गरिने चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिनुपर्ने उनले बताए । स्वास्थ्य सेवाका सवारी साधनलाई महोत्व स्थलमा सहज आवत जावतको वातावरण तयारी पारिने पौडेलको भनाई थियो ।

महोत्सव संयोजक विकास भट्टराईले रेवानले आयोजना गरेको पोखरा सडक महोत्सवमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको बताउँदै यसपटक थप व्यवस्थित पारिने बताए । स्वास्थ्य सेवा सुलभ गराउन अनुगमन समिति खटाइने भट्टराईले जनाए ।

समितिका अध्यक्ष विश्वराज पौडेलले महोत्सव स्थल भित्र नो भेइकल जोन बनाइने भएकाले सुरक्षा, स्वास्थ्य, पार्किङ लगायतका विषयहरूमा आयोजकहरूले विशेष निगरानी राख्नुपर्नेमा जोड दिए ‌। त्यसैगरी हेल्प डेक्स तथा हेल्थ डेक्समा क्युआर कोड, हटलाइन सेवाको व्यवस्था गरिने बताउनुभयो ।

महोत्सवको अर्को आकर्षण सांस्कृतिक कार्यक्रम विगतको भन्दा थप आकर्षक, सभ्य, भव्य बनाउने सांस्कृतिक उपसमितिको तयारी रहेको छ । विगतको भन्दा केहि पृथक स्वाद दिन समुहले फरक साँस्कृतीक कार्यक्रम सांस्कृतिक संयोजक चौ बहादुर गुरुङ्गले बताए । रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले बैठकहरु सञ्चालन गर्दै सडक महोत्सव रेवानले आयोजना गरेतापनि समग्रमा यो पोखराकै पहिचान भएकाले यसलाई सफल पार्न पोखरेली एकताको खाँचो रहेको औंल्याए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…