२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेपाल पुन मगर समाज केन्द्रिय समितिको अध्यक्षमा खेम पुन

सूर्य बाँस्तोला
पोखरा, १ पुस । नेपाल पुन मगर समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय महाधिवेशन एवं नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री तथा नेपाल मगर संघका संरक्षक उत्तम बहादुर पुनले अब सम्पूणर् पुन मगर एकजुट भई अगाडि बढ्न आग्रह गर्दै समाजका लागि पुन मगरहरुको आवश्यकता परेको हुँदा हामीहरु सबै मिलेर पुन मगर समाजलाई अगाडि बढाउन कार्यक्रममा उपस्थित महानुभावहरुलाई अनुरोध गरे ।
उद्घाटन कार्यक्रममा पूर्व मन्त्रीहरु नरदेवी पुन, गणेश पुन, उपसभामुख विना मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोका, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, आदिवासी जनजाति आयोग महासंघका महासचिव सुजन कुमार लामा, रोल्पाका अध्यक्ष धन बहादुर पुन, युके पुन मगर संघका अध्यक्ष बल पुर्जा मगर लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मंसिर २९ र ३० गतेसम्म चलेको अधिवेशनले खेम पुनको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा पुन मगरहरुको चिप्लेढुङ्गाबाट शुरु भएको र्‍याली पोखरा सभागृहमा आई उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…