२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरदेशमुख्य खबरशिक्षा

पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा फेवा संवाद शीर्षक अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा भ्यूज

पोखरा । पर्यटकीय राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा फेवा संवाद हुने भएको छ ।

पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा पोखरा ईभेन्ट सेन्टरमा विहिवार र शुक्रवार फेवा संवाद–२०२४ शीर्षकको अन्तराष्ट्रिय सम्मेलन हुने बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताईएको हो ।

मुलुकको उच्चशिक्षामा महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै आइरहेको त्रिभुवन विश्वविद्यालय विश्वकै प्रतिष्ठित विश्वविद्यालयको रुपमा आफ्नो सम्मानित परिचय बनाउन सफल भएको त्रिभूवन विश्वविद्यालयका प्रा.डा.खड्क केसीले बताए । उनका अनुसार त्रिविका एलुम्नाईहरुनै देशको क्रियाशिल राजनीतिज्ञहरु, प्रतिष्ठित उद्यमी व्यवसायिहरु, प्रशासनिक कर्मचारीहरु, सञ्चारकर्मीहरु, सुरक्षाकर्मीहरु एवम् प्राविधिक विशेषज्ञहरुका रुपमा मुलुक सञ्चालनमा संलग्न हुँदै आइरहेको पत्रकार सम्मेलनमा जनाए ।

उनका अनुसार नेपालको ७६ वटा जिल्लामा विस्तारित त्रिभुवन विश्वविद्यालयले विश्वका करिव १८२ वटा विश्वविद्यालयहरुसँग शैक्षिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक सहकार्य गर्दै आइरहेको छ ।उच्च शिक्षा मार्फत देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको विश्वविद्यालयले आफ्ना निकटतम मित्रराष्ट्रहरुका विश्वविद्यालय तथा उच्चशिक्षा प्रदायक संस्थानहरुसँगको सहकार्यलाई विशेष प्राथमिकता दिई संयुक्त अनुसन्धान परियोजना सञ्चालन, शिक्षक–विद्यार्थीहरुको आदान प्रदान र विविध विषयमा संयुक्त अन्तरराष्टीय सम्मेलन मार्फत शैक्षिक अनुभव एवम् विशेषज्ञताको आदानप्रदान गर्दै आइरहेको छ ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी ‘समृद्ध नेपाल सुखी नेपाली‘ को राष्ट्रिय आंकाक्षामा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । सम्मेलन विषय विज्ञता र अनुभव साटासाट गर्नेर भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुनेछ ।

सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३/३ जना, भुटान, मलेसिया, सिंगापुर, इण्डोनेसिया लगायतका देशवाट सहभागी हुने भएको छ ।

सम्मेलनमा नेपालका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री विद्या भट्टराई अधिकारी, पूर्व मन्त्रीहरु कमल थापा, डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महत,लगायतका राजनीतिज्ञहरु सहभागी हुनेछन् । यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा.दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा.गोविन्दराज पोखरेल, डा.विश्व पौडेल, पूर्व राजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरुलगायतको सहभागिता रहने डा. केसीले बताए ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…