२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा भ्यूज

७ पुष,पोखरा । पोखरा-१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ ।

संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो ।

स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षरसहित पार्क निर्माण कार्यको शिलन्यास गरेकी थिईन् । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको नामाकरण समेत गरिएको छ ।

समारोहमा बोल्दै स्व.केसीका सुपुत्र किरण केसीले समाज सेवामा बुवाको विशेष चासो रहेकाले उहाँको सपना साकार पार्न परिवारले उक्त सहयोग उपलब्ध गराएको बताए । ‘उहाँ उच्च सम्मान गर्नुपर्ने व्यक्ति हुनुहुन्थ्यो, समाज रुपान्तरणमा केहि गर्नुपर्छ भन्ने सोंच राख्नुहुन्थ्यो, उहाँको त्यहि विचारलाई सम्मान गरेका हौं-केसीले भने । बुवाले दिनुभएको संस्कार पछ्‌याउँदै खेलकुद, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतमा केसी परिवारले सहयोग प्रदान गर्दै आएको उनले बताए ।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष प्रा.डा.नारायण प्रसाद अधिकारीले केसी परिवारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । वडा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले स्व.केसीले समाज सेवामा पुर्याउनुभएको योगदानको चर्चा गर्दै दाता केसी परिवारप्रति आभार प्रकट गरे ।

त्यसैगरि समारोहका प्रमुख अतिथि प्रेमकुमारी केसी, विशेष अतिथि किरण केसी, उहाँका श्रीमति बन्दना कार्की केसी, नेपाल भारत मैत्री सम्बन्ध विज्ञ नविता श्रीकान्त लगायतले मितेरी टोलका गतिविधी समेटेर तयार पारिएको पुस्तक मितेरी गतिविधीको विमोचन गरिएको थियो ।

संस्थाका अध्यक्ष मनमाया गुरुङ्गको सभाध्यक्षमा भएको समारोहमा भवन निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरे वापत कोषाध्यक्ष याम प्रसाद गुरुङ्गलाई विशेष सम्मान प्रदान गरियो ।

सोही समारोहमा पोमनपा कार्यपालिका सदस्य तथा वडा १५ का सदस्य मन्दिर परियारले नयाँ अफिसको उद्‌घाटन गरेका थिए । समितिका सचिव हरीप्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रतिभा टोल विकास संस्थाका लिला बहादुर थापा, समाजसेवी गंगाबहादुर खड्‌का, वडा १५ का सदस्य बलराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैविच मोतीलाल पोखरेलको अध्यक्षतामा मितेरी टोल विकास संस्थाको १३ सदस्यिय नयाँ कार्यसमिति, यशोदा खड्‌काको अध्यक्षतामा ११ सदस्यिय मितेरी आमा समुह, कृष्ण गुरुङ्ग (गोर्खे) को अध्यक्षतामा ९ सदस्यिय मितेरी स्पोर्टस क्लव गठन भएको छ । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक प्रा.डा.नारायण प्रसाद अधिकारीले सपथ ग्रहण गराएका थिए । समारोहमा हार्वड एकेडेकीका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…