२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

प्रधानाध्यापक सिग्देलको बिदाई

पोखरा भ्यूज

भिमाद, तनहुँ । भिमाद नगरपालिका–२, टेक्रेस्थित बाल बिकास माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक राम्जी सिग्देलको बिदाई गरिएको छ । ४० बर्ष लामो शिक्षण पेशाबाट मंसिर ८ गतेबाट स्वेच्छिक अवकास लिनुभएका सिग्देलको सोमवार विद्यालयबाट विदाई गरिएको विद्यालयका प्रधानाध्यापक भीष्म रानाले जानकारी दिए ।

कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, बिधालयका प्रधानाध्यापक भीष्म राना लगाएतले सिग्देललाई अविरजात्रासहित सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

करिव ४० वर्षअघिदेख़ि शिक्षण पेशा अग़ाल्नु भएका सिग्देल २०५२ सालमा उक्त बिधालयमा शिक्षकको रूपमा प्रवेश गर्नु भएको थियो । २०५४ सालबाट प्रधानाध्यापक पदमा बसेर सेवा गर्नु भएका सिग्देल विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बिधालयका प्र अ रानाले बताए ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापाको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा बिगत १० बर्ष देख़ि बिधालय सपोर्ट कार्यक्रम गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीबाट क्लब अध्यक्ष दीपेन्द्र चालिसेसहित क्लबका पूर्व अध्यक्षहरु सुदीपराज ढुङगाना, टंकराज अधिकारी, किशोर मोहन भट्टराई, अर्जुन सिग्देल, युवराज खनाल, क्लबका द्वित्तिय उपाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य यम बहादुर पनेरू लगाएतको उपस्थिति रहेको थियो ।

बिदाई मन्तव्य राख्दै निवर्तमान प्रधानाध्यापक राम्जी सिग्देलले बिधालय संचालन गर्न शिक्षक स्टाफ़, बिधालय ब्यवस्थापन समिति, अभिवावक एक मत भएर लागेमा जस्तै चुनौती पनि पार गर्न सकिने बताए । तर, प्रधानाध्यापक पूर्णकालिन नभई अरूलाई परिचालन गर्न नसकिने उनको भनाई थियो ।

लायन्स क्लब अफ पोखरा पिस सिटीको तर्फबाट आफ्नो मन्तव्य राख्दै क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाले बिधालयसँग सम्बन्ध जोड़नमा निवर्तमान प्रधानाध्यापक राम्जी सिग्देलको महत्वपूर्ण हात रहेको बताउदै आगामी दिनमा त्यो सम्बन्ध क़ायम रहिरहने प्रतिबद्वता ब्यक्त गरेका थिए ।

सो अवसरमा लायन्स क्लब अफ पोखरा पिस सिटीबाट निवर्तमान प्रधानाध्यापक सिग्देललाई मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासको क्षेत्रमा सेवानिवृत्त प्रधानाध्यापक सिग्देलले पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै कार्यक्रममा वक्ताहरुले वहाँको आगामी सेवानिवृत्त जीवनको सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका शिक्षक यो माया थापाको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक दामोदर लम्साल गरेका थिए भने बिधार्थीको तर्फबाट देवानी थापाले आफ्नो मन्तव्य राखेकी थिईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…