
पोखरा भ्यूज
पोखरा । लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ ।
लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्ष समेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो ।
कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पौडेलले विभिन्नसञ्चार माध्यमका काम गरिसकेका छन् । हाल रेडियो नेपालको घटना र विचार कार्यक्रममा कार्यरत पौडेललाई कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका अवसरमा सोमबार पुरस्कार प्रदान गरिएको हो । उनलाई ११ हजार १११ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।











