२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुददेशमुख्य खबरविदेश

ड्रागन बोट रेस प्रतियोगिता २०८१ को उपाधि चिनियाँ टोलीलाई

पोखरा भ्यूज

पोखरा । दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को उपाधि माथि चिनियाँ टोलीले प्राप्त गरेका छन् । दुई सय र पाँच सय मिटर गरी दुई विधामा भएको प्रतिस्पर्धामा दुवै विधामा चिनियाँ टोलीले पहिलोदेखि तेस्रो स्थानसम्म रहँदै उपाधिमाथि प्राप्त गरेका हुन्।

प्रतियोगिता अन्तर्गत दुवै विधाको उपाधि चीनको डोङग्वान लाओ क्लबले हात पारेको छ। डोङग्वानले दुई सय मिटरतर्फको निर्धारित दूरी ४७ सेकेन्ड ७२० मिलिसेकेन्डमा पार गर्दै उपाधि हात पारेको हो। यसैगरी पाँच सय मिटरतर्फको दूरी दुई मिनेट चार सेकेन्ड ४७० मिलिसेकेन्डमा पार गर्दै डोङग्वानले दोहोरो उपाधि हात पारेको हो।

दुई सय मिटरतर्फ ४८ सेकेन्ड २२० मिलिसेकेन्डमा दूरी पार गर्दै चीनको युन्नान मिन्जु युनिभर्सिटी दोस्रो र चीनको लाइओ छङ युनिभसिटीले ५० सेकेन्ड ८३० मिलिसेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हात पारे।

पाँच सय मिटरतर्फ दुई मिनेट सात सेकेन्ड ३४० मिलिसेकेन्डमा दूरी पार गर्दै चीनको लाइओ छङ युनिभसिटी दोस्रो र दुई मिनेट आठ सेकेन्ड ४४० मिलिसेकेन्डमा दूरी पार गरेको युहान स्पोर्टस् युनिभर्सिटीले तेस्रो स्थान हात पार्‍यो।

प्रतियोगिताअन्तर्गत दुवै विधाका विजेताले पाँच हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार), उपविजेताले दुई हजार डलर (नेपाली करिब २ लाख ७१ हजार) र तेस्रोले एक हजार दुई सय डलर (नेपाली करिब १ लाख ६३ हजार) नगदसँगै प्रमाण-पत्र र ट्रफी पुरस्कार पाउँदा सहभागि अन्य सम्पूर्ण टोलीले पाँच सय डलर (नेपाली करिब ६८ हजार) नगद पुरस्कार पाएका ड्रागन बोट एसोसिएसन गण्डकी प्रदेशका सचिव विवेक भुजेलले जानकारी दिए।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजना, नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा सम्पन्न प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० टिमले प्रतिस्पर्धा गरेका थिए।

विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालका लागि चीनका राजदूत छन्, सोङलगायतले पुरस्कार वितरण गरेका थिए। रेसमा बोटमा रहेका १२ जनामध्ये एकजनाले चाइनिज ड्रम बजाउने र सोही तालमा अन्य खेलाडीहरूले डुंगा खियाउँदै निर्धारित दूरी पूरा गरेका थिए।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…