२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

पोखरा । पर्यावरण, र मानवता संरक्षणमा केन्द्रित प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा शुरु हुदैछ।

सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रतिनिधिहरु पोखरामा आउने क्रम चलिरहेको जनअभियानका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङले जानकारी दिए।

पोखराको नदीपुरस्थित थकाली समाजघरमा शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ भने वातावरणीय संरक्षण, दिगो विकास, र मानव जीवनका समकालीन चुनौतीहरूको समाधानका लागि नयाँ रणनीति तय गर्ने जनअभियानका पूर्व केन्द्रीय अध्यक्ष घिसिङले बताए।  उक्त सम्मेलनमा देशभरका करीब दुई सय जना प्रतिनिधिहरु सहभागी हुने  बताइएको छ।

सम्मेलन शुरु हुनु पूर्व शुक्रबार बिहान ८ बजे पोखराको न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट प्रभातफेरी शुरु भै नदीपुरस्थित थकाली समाजघरसम्म पुग्नेछ।

यो सम्मेलनले आजको समयमा मानव र प्रकृतिका लागि साझा चुनौतीहरूको समाधान खोज्न तथा नयाँ वैकल्पिक सामाजिक व्यवस्थाको आधार खडा गर्न वातावरणीय संकट र जलवायु परिवर्तनको सामना गर्ने उपायहरू, जैविक विविधताको संरक्षण र दिगो विकासका रणनीति, मानवताको दीर्घकालीन कल्याणका लागि वैकल्पिक सामाजिक नीति निर्माण, प्रकृति-मानव हितैषी समाज निर्माणका लागि सामूहिक संकल्प केन्द्रित बहस गर्ने आयोजक पक्षले जानकारी दिएको छ।

सम्मेलनमा बिशेष गरि  वातावरणीय र मानव संकटबारे विशेषज्ञहरूको विशेष प्रस्तुति, समूह छलफल, नयाँ रणनीति निर्माण, र भावी कार्ययोजना बारे छलफल हुने प्राप्त जानकारीमा उल्लेख छ।

सन् २००२ मा स्थापना भएको प्रकृति-मानव केन्द्रित जन अभियान ले विगत २२ वर्षमा नेपाल र सार्कस्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै वातावरणीय चेतनाको जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालमा यसअघि पाँच वटा राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको यो अभियानले छैठौं सम्मेलनमार्फत भविष्यका लागि थप प्रभावकारी योजना ल्याउने लक्ष्य राखेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…