२०औं संस्करणको लेखनाथ महोत्सव सुरु, नीजि क्षेत्रसँगको साँझेदारीमा पर्यटनको क्षेत्रमा काम गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री पाण्डे

पोखरा भ्यूज
लेखनाथ, कास्की । २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।
महोत्सवहरुको पनि महोत्सवको रुपमा लिईने लेखनाथ महोत्सवको सुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले नेपालको पर्यटन राजधानी गण्डकी प्रदेशमा नीजि क्षेत्रसँगको साँझेदारीमा पर्यटनको क्षेत्रमा सरकार काम गर्न तयार रहेको बताए । नीजि क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने उनले बताए ।
नीति नियमका कारण उद्योग, व्यापार, व्यवशायको क्षेत्रमा समस्य परेको र प्रदेश सरकारबाट संवोधन हुने खालको छ भने सरकारले तत्काल संवोधन गर्ने बताउदै उनले समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्रीको भनाइ थियो ।
‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ शुरु महोत्सवमा राखिएको भगवान गौतम बुद्धको मुर्ति अगाडी विश्व शान्तिको कामना गर्दै राखिएको दिप प्रज्वल गर्दै मुख्यमन्त्री पाण्डेले मेला महोत्सवलाई पर्यटन र स्थानिय उत्पादनसँग जोड्नुपर्ने बताए । उनले स्थानिय क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताउँदै यस क्षेत्रको पर्यटनलाई पनि सँगै जोडेर लानुपर्नेमा जोड दिए । 
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटननै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले यसको विकासका लागी स्थल र हवाई कनेक्टीभिटी विकास हुनुपर्ने बताए ।
यस क्षेत्रमा निर्माणाधिन सडकहरु आगामी एक वर्ष भित्रमा सम्पन्न भईसक्ने र त्यस पछि सडक मार्गबाट आवत जावत गर्न कुनै असुविधा नहुने बताए । उनले पोखराबाट अन्तराष्ट्रिय उडानका लागि सवै तहमा लभिङ भएको जानकारी दिए । साथै मुख्यमन्त्री पाण्डेले विदेशी वस्तु ल्याउने र वेचेर मात्र हाम्रो आर्थीक अवस्थामा सुधार नआउने भएकाले अव उत्पादनतर्फ लाग्न सुझाव दिए ।
सो अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले निजी क्षेत्रबाट संचालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले आर्थीक क्षेत्रलाई चलाएमान वनाउदै युवाहरुले स्वदेशमा नै केही गर्न सकिने सन्देश दिन सकिने बताए । साथै उनले सानो पूँजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडी वढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला तथा महोत्सवले स्थानिय उत्पादनलाई प्रवद्धन गर्ने देखि आफनो ठाउको पहिचान गराउन सहयोग पुगेको र कवि शिरोमणि लेखनाथको नामवाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाचो औल्याएका थिए ।
सोही अवसरमा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० सस्करणसम्म आईपुग्दा चुनौतीका वावजुत पनि अवसरका रुपमा महोत्सव गर्दौ आएको र महोत्सवले यस क्षेत्रको पहिचान,यहाँ उत्पादीत वस्तुहरुको बजारीकरण र पर्यटन बिकासमा सहयोग पुगेको विश्वास दिलाएका थिए ।
महोत्सव उद्घाटन समारोहमा गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्रि भेष बहादुर पौडेलले बैक तथा वित्तिय क्षेत्रमा देखिएको तरलतालाई लगानीको क्षेत्रमा वढवा दिनका लागि राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको वताएका थिए भने राष्ट्रिय बाणिज्य बैकका उप कार्यकारी अधिकृत विमल ढंगोलले महोत्सवले लिएको नाराले आर्थीक तथा सामाजिक क्षेत्रको बिकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विश्व प्रकास लामिछाने,झाँकी ¥याली ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगर र संघका उप महासचिव भरतराज ओझा लगाएतले आ आफनो भनाई राखेका थिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघकी महासचिव जानुका पराजुली अधिकारी र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
माघ १ गते सम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धनका लागि तिन सय ३६ वटा स्टलहरु रहेका छन् ।




























