२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कुरेचौरमा प्लाष्टिक मुक्त वातावरण एवम् जनचेतना कार्यक्रम सम्पन्न

पोखरा भ्यूज

पोखरा । पोखरा १६ को पर्यटकीय गाउँ कुरेचौरमा वातावरण संरक्षण एवम् सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ।

स्वाभिमान टोल विकास संस्था कुरेचौरका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य रामचन्द्र  आचार्यले डष्टविनमा फोहोर सङ्कलन गरेर सफाइ अभियानको शुभारम्भ गरे । सो अवसरमा सफाइ अभियानलाई साथ दिदै गाउँदेखि मुल सडक, डाँडाका चौतरा सरसफाई गरिएको थियो ।
सरसफाई पछि कार्यक्रममा वोल्दै प्रमुख अतिथि आचार्यले घर, छिमेक र गाउँको वातावरण सफा गर्न सम्पूर्ण गाउँबासी र यस क्षेत्रका नागरिक  निरन्तर रुपमा लाग्नुपर्ने बताए । आचार्यले गाउँ तथा वरपरको वातावरण सफा राख्न यस क्षेत्रमा घुम्न आउने आगन्तुकहरुको पनि जिम्मेवारी रहेको बताउदै आगन्तुकहरुलाई जथाभावी फोहोर नगरिदिनुहुन अनुरोधसमेत गरे ।
टेन्जिङ एण्ड डोल्मा नेपालको विशेष सहयोगमा आयोजित सो कार्यक्रममा वडा सदस्य मन्जु नेपालीले गाउँको वातावरण  सफा र मनोरम रहेको बताउँदै वातावरणलाई सदैव स्वच्छ राख्न यस क्षेत्रकै नागरिकको मूल भूमिका रहने बताईन् । त्यस्तै स्वाभीमान टोल विकास संस्थाका पूर्व अध्यक्ष होमनाथ आचार्य, समाजसेवी एवम् शुक्ला साहित्य प्रतिष्ठानका सचिव  रामप्रसाद पौडेल लगायतले  सफाई अभियान सफल पार्न आगन्तुक पर्यटक सहित छिमेकी गाउँ सहितको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा पोखरा महानगर वातावरण महाशाखाका अधिकृत इन्जिनियर निर्मल भण्डारीले प्लाष्टिकले मानवीय जीवन, वातावरण प्रदुषण र जैविक धरातलमा पारेको असर, प्लाष्टिक प्रयोग न्युनिकरण र व्यवस्थापन पक्षमा प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा फोहोर व्यवस्थापनका लागि  डष्टविन, कूचो लगायतका फोहोर व्यवस्थापनका सामाग्रीहरु वितरण गरिएको थियो ।
स्वास्थ्यकर्मी श्याम सुन्दर आचार्यको संयोजकत्वमा आयोजित सो कार्यक्रममा कुलदिप महिला विकास संस्थाका सचिव आरती सुवेदी आचार्यले स्वागत मन्तव्य, संचालन स्वाभीमान टोल विकास संस्थाका सदस्य बोधराज आचार्यले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…