२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

१३ औं संस्करणको पोखरा महोत्सव शुरु

पोखरा भ्यूज
पोखरा । १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउदै त्यसको पुर्वाधार निर्माणका गाली गण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पुर्वाधारका कामहरु गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा पार्नका लागि पहलकदमीका लागि नेतृत्व गर्ने उनले प्रतिवद्धता जनाए ।

नेपालकै तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हल बनाउन, चिडियाखाना बनाउनका लागि पहल गर्न, बसपार्कलागयन पूर्वाधार बनाउन सबैले पहल थाल्नुपर्ने उनको भनाइ थियो । पोखरा आइटी पार्कका लागि उपयुक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए ।

ताल संरक्षण तथा विकास प्राधिकरणलाई सक्रिय बनाएर प्रदेशमा भएका तालहरुको सिमा निर्धारण गर्दै संरक्षण र सरसफाई गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रदेश सरकारलाई मन्त्री गुरुङको अनुरोध थियो ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेष बहादुर पौडेलले युनाईटेड क्लबको पहलकदमीमा पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रको सामुदायिक बनमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध भएर अगाडी बढेको बताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणमा युनाईटेड क्लबले पहलकदमी गरेको र उक्त कार्यलाई गण्डकी प्रदेश सरकारले साकार पारेरै छाड्ने र त्यसका लागि युनाईटेड क्लब जस्तै सम्पूर्ण संघ संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । त्यस्तै शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणमा समेत गण्डकी प्रदेश सरकारले साथ र सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा गर्दै युनाईटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काममात्र नभई पर्यटन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आफ्‌नो तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले युनाईटेड क्लवले अहिले सम्म गरेको कार्यको प्रशंसा गर्दै अन्य संघ संस्थाले समेत यसको सिको गर्नुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सरकारलाई कर समेत तिरेर त्यसबाट बचत भएको रकमबाट सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको बताए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाईटेड क्लबले सामाजिक काम मार्फत आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको र पोखरा महोत्सव पोखराको ब्राण्ड बनेको बताए । महोत्सवको आयोजना गर्नु आफैमा चुनौती भएतापनि युनाईटेड क्लबले महोत्सवको आयोजना गरेर सामाजिक काम गर्नु आफैमा गौरवको विषय भएको बताए । युनाईटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न सक्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको बताउदै १३ औं पोखरा महोत्सव देखि युनाईटेड क्लबले आफ्‌नो जग्गा रहेको ठाँउ पोखरा २७ अर्चलेमा रहेको जग्गामा युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए ।

सो अवसरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै चार जना ब्याक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पत्रकार कृष्णमणी बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने चन्द्रकान्त बराल र प्र्रेम बहादुर जिसी रहेका छन ।

समाजिक सञ्जालमा पोखरा मात्र नभइ देशकै कला, संस्कृति सहित पर्यटकीय गन्तब्यको बारेमा जानकारी मुलक श्रब्यदृश्य बनाई भ्लग मार्फत संसारभरि फैल्याउदै अन्य युवाहरुलाई समेत सो कार्य गर्न प्रोत्साहित गर्नुको साथै विदेशी पर्यटकलाई पनि पोखरा भ्रमणको लागि सो भ्लग मार्फत लालाहित बनाएकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै भ्लगर सञ्जय पुनलाई सम्मान गरेको हो ।

त्यसैगरी पोखरामा रही पत्रकारिता गर्दै आएका पत्रकार कृष्णमणी बराललाई वातावरण संरक्षण र पर्यापर्यटनको क्षेत्रमा पत्रकारिताको माध्यामबाट गिद्ध संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । पोखराको पुम्दीकोटमा विशाल महादेवको मुती निर्माण गरी पोखरामा धार्मिक पर्यटकीय स्थल निर्माणमा टेवा पुर्‍याएवापत चन्द्रकान्त बराललाई सम्मान गरेको हो । त्यसैगरी पोखराको सराङकोटमा नयाँ धार्मिक पर्यटकीय गन्तब्य विशाल शिवको मन्दिर संगै ६२ फिटको पञ्चमुखी गणेशको मुर्ती स्थापनामा योगदान पुर्‍याएबापत प्रेम बहादुर जिसीलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, क्लबका अध्यक्ष लोक बहादुर थापा, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।

यसैविच महोत्सवको उद्घाटन सत्र पूर्व पोखराको रंगशाला देखि आयोजना भएको झांकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा १५, द्धितिय ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, तृतिय क्षेत्री समाज नेपालको(साराङ नाच) र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्तवना स्थान हाँसिल गर्न सफल भए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र मायाको चिनो, द्धितिय हुनेले नगद १५ हजार र मायाको चिनो, तेश्रो हुनेले नगद १० हजार र सान्तवना स्थान हाँसिल गर्नेले नगद ३ हजार र मायाको चिनो प्राप्त गरे ।

र्‍याली तर्फ स्वर्णीम टोल महिला समुह पोखरा १० प्रथम, सानी मझुवा आमा समुह पोखरा १५ द्धितिय, सिमलमार्ग टोल बिकास संस्था पोखरा १० तृतिय र रुकुमेली एकता समाजले सान्तवना स्थान हाँसिल गर्न सफल भयो । र्‍यालीमा प्रथम हुनेले नगद ६ हजार, द्धितिय हुनेले नगद ४ हजार द्धितिय हुनेले नगद २ हजार र मायाको चिनो प्राप्त गरे ।

युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समतिका संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले बोलेका थिए । युनाईटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

यसैविच महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु परियार, चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्य तर्फ बलराम गिरी सरकारको प्रस्तुती रहने छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…