२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

मेल्विन जोन्स जन्मोत्सवमा लायन्स अन्तर्राष्ट्रिय कोषमा योगदान गर्नेलाई सम्मान

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्विन जोन्सको १४६औं जन्म दिवसको अवसरमा लायन्स अन्तर्राष्ट्रिय कोषमा योगदान गर्नेलाई सम्मान गरिएको छ ।

पोखरा र काठमांडौंमा गरी दुई स्थानमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय कोष(एलसिआईएफ) मा एमजेएफ, पिएमजेएफ र त्यो भन्दा माथी योगदान गर्नु हुने लायन्स सदस्यलाई सम्मान गरिएको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षतामा पोखरामा सम्पन्न कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको उपस्थिति रहेको थियो भने डिष्ट्रिक्टका प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा काठमांडौंमा सम्पन्न कार्यक्रमममा लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्साल, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालको बिशेष उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संयोजन पोखरामा डिष्ट्रिक्ट को–चिफ एडभाईजर शान्ता देवी थापा भण्डारी र काठमांडौमा एलसिआईएफ डिष्ट्रिक्ट को–अर्डिनेटर रामहरि सिलवाल गरेका थिए ।

जनवरी १३ तारिख, लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्विन जोन्सको जन्मदिन । जन्मदिनको अवसर पारी विश्व भरिका १७ लाख भन्दा बढी लायन्स तथा लियो सदस्यहरूले विविध सामाजिक सेवाका कार्य गरी मेल्विन जोन्स दिवस मनाउने गर्दछन् ।

                       

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…