२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
अर्थ र वाणिज्य

पूँजीबजारको अध्ययन गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव

पोखरा । नेपाली पूँजी बजारमा लगानी गर्नका लागि पूँजीबजारको अध्ययन गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशमा कार्यरत आर्थिक पत्रकारहरूका लागि धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी कार्यक्रममा विज्ञहरुले सो सुझाव दिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले पत्रकारहरूको लागि नेपालको पूँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा पत्रकारहरु जानकार भएमात्र आमनागरिकले सही सुचना प्राप्त गर्ने बताएका थिए ।

उनले यस प्रकारका कार्यक्रमले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आम–नागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुर्र्याउने विश्वास व्यक्त गर्दै समाचार लेखनमा पत्रकारहरुले सत्यता र पारदर्शिता पालन गर्न पनि जोड दिए ।

नेपाल धितोपत्र बोर्डका उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासको बारेमा जानकारी दिए । उनले  पूँजीबजारलाई सुचनाले प्रभाव पर्ने हुँदा सत्यतथ्य बुझेर मात्र लगानी गर्नुपर्ने बताउदै सामाजिक सञ्जालको भ्रामक सुचनाका पछि नलाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक मुराहरि पराजुली, सिडिएस क्लियरिङका उप–प्रबन्धक सुरेश न्यौपाने र नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकासहरू बारेमा सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहाने पत्रकारहरूको थप क्षमता वृद्धिका लागि यो कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले आर्थिक पत्रकारितामा नयाँ दृष्टिकोण थप्ने र वित्तीय क्षेत्रका गहन र तथ्यपरक समाचार तयार गर्न मद्दत पुर्याउने धारणा राखेका थिए ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब ६० जना पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटनसत्रमा महासंघका उपाध्यक्ष प्रकाश पौडेलले स्वागत सहित विषयबस्तु माथि प्रकाश पारेका थिए भने महासचिव जमुना वर्षा शर्मा लगायतले आर्थिक पत्रकारिताका बारेमा बोलेकी थिईन् ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…