२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

पत्रकार हरि पन्त सम्मानित

पोखरा । पोखराका पत्रकार हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र समूहकी अध्यक्ष बबिता मल्लले पन्तलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

२०६३ देखि पोखराको पत्रकारितामा निरन्तर क्रियाशील पन्तले पत्रकारिता माध्यमबाट संस्थाका गतिविधि प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको सचिव रचना अधिकारीले जानकारी दिइन् ।

सोही अवसरमा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरु, समूहका सल्लाहकार अम्विका थपलिया र कोषाध्यक्ष जुना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले महिलाले आफ्ना घरका काम सकेर सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनु सुखद् भएको बताए । धादिङ त्रिपुरा बाराही महिला समूह वडाकै उत्कृष्ट समूह भएको भन्दै समूहका गतिविधिमा आफ्नो र वडाको साथ रहने प्रतिवद्धता जनाए ।

धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष श्रेष्ठले समाज र समूहबीच सहकार्य गरेर अघि बढ्न सकिने बताइन् । सम्मानित पत्रकार पन्तले सम्मानले पत्रकारिता क्षेत्रमा अझै सक्रिय हुन ऊर्जा मिलेको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारीलगायत बोलेका थिए ।

समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मीमाया थापा र सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् । साधारणसभाले सचिव अधिकारी र कोषाध्यक्ष जुुना श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

यसैबीच, अधिवेशनले लक्ष्मीमाया थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा वृन्दा धरेल, उपाध्यक्षमा रचना अधिकारी, सचिवमा जुना श्रेष्ठ, सहसचिवमा शान्ता धरेल, कोषाध्यक्षमा रेञ्जु थापा र सहकोषाध्यक्षमा सविता धरेल छन् ।
सदस्यमा कमला श्रेष्ठ, लक्ष्मीमाया अधिकारी राना, नानीमाया अधिकारी, अस्मिता लम्साल, संगीता खतिवडा, सावित्री बराइली छन् । कृष्णकुमार श्रेष्ठ संयोजक, कृष्णबहादुर लम्साल सदस्य र हरि पन्त सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…