50Shares

पोखरा नेपाली पूँजी बजारमा लगानी गर्नका लागि पूँजीबजारको अध्ययन गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन्

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशमा कार्यरत आर्थिक पत्रकारहरूका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी कार्यक्रममा विज्ञहरुले सो सुझाव दिएका हुन्

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले पत्रकारहरूको लागि नेपालको पूँजी बजार वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा पत्रकारहरु जानकार भएमात्र आमनागरिकले सही सुचना प्राप्त गर्ने बताएका थिए

उनले यस प्रकारका कार्यक्रमले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने आमनागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुर्र्याउने विश्वास व्यक्त गर्दै समाचार लेखनमा पत्रकारहरुले सत्यता पारदर्शिता पालन गर्न पनि जोड दिए

नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन विकासको बारेमा जानकारी दिए उनले  पूँजीबजारलाई सुचनाले प्रभाव पर्ने हुँदा सत्यतथ्य बुझेर मात्र लगानी गर्नुपर्ने बताउदै सामाजिक सञ्जालको भ्रामक सुचनाका पछि नलाग्न आग्रह गरे

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक मुराहरि पराजुली, सिडिएस क्लियरिङका उपप्रबन्धक सुरेश न्यौपाने नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकासहरू बारेमा सहजीकरण गरेका थिए

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहाने पत्रकारहरूको थप क्षमता वृद्धिका लागि यो कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरेका थिए

कार्यक्रममा सहभागीहरूले आर्थिक पत्रकारितामा नयाँ दृष्टिकोण थप्ने वित्तीय क्षेत्रका गहन तथ्यपरक समाचार तयार गर्न मद्दत पुर्याउने धारणा राखेका थिए

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब ६० जना पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटनसत्रमा महासंघका उपाध्यक्ष प्रकाश पौडेलले स्वागत सहित विषयबस्तु माथि प्रकाश पारेका थिए भने महासचिव जमुना वर्षा शर्मा लगायतले आर्थिक पत्रकारिताका बारेमा बोलेकी थिईन्

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected