२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरदेश

भारतको ७६औं गणतन्त्र दिवसमा पोखरास्थित पेन्सन क्याम्पमा विविध कार्यक्रम

पोखरा भ्यूज

पोखरा । भारतको ७६औं गणतन्त्र दिवस पोखरास्थित भारतीय पेन्सन क्याम्पमा विविध कार्यक्रम गरी मनाइएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरामा उपलब्ध लब्ध-प्रतिष्ठित व्यक्तित्वको उल्लेख्य सहभागिता रहेको थियो ।

आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैं मुख्यमन्त्री पाण्डेले नेपाल र भारत बिचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र आर्थिक दृष्टिले घनिष्ठ रहेको बताए । उनले भने, ‘दुई देशबीचको सम्बन्धलाई ‘रोटी–बेटीको सम्बन्ध‘ पनि भनिन्छ । जसले आपसी निकटता र पारिवारिक सम्बन्धलाई दर्शाउँछ।’

विश्वमा नै एक असल मित्रराष्टको उदाहरणको रुपमा नेपाल–भारत विचको संम्बन्ध स्थापित रहेको बताउदै मुख्यमन्त्री पाण्डेले भने, ‘दुई देश बिचखुला सिमाना जहाँबाट दुई देशका नागरीकहरु बिना कुनै भिसा आवत जावत गर्न सक्छन् । जसले गर्दा दुई देशबिच रोजगारी, पर्यटन प्रर्वदन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहकार्य र सहयोग आदन प्रदानमा गर्न राम्रो अवसर मिलेको छ ।’ उनले भने, ‘हामीहरु बिच रहेको सांकृतीक र ऐतीहासीक सम्बन्ध हजारौ वर्ष पुरानो हो । रामायण र माहाभारतमा समेत दुई देश बिचको धार्मिक र सास्कृतिक सम्बन्धहरु जोडिएको विषय उल्लेख छ ।’

नेपालमा सबै भन्दा धेरै भारतीय सेना र भूत पूर्व सेनाहरुको घर रहेको प्रदेश गण्डकी प्रदेश रहेको उल्लेख गर्दै त्यसैले पेन्सन वितरण कार्यालय पोखरा, गण्डकी प्रदेश क्षेत्रको लागी आवश्यक र महत्वपूर्ण संस्था भएको पाण्डेले बताए । नेपाल र भारत बीचको संबन्ध साँचो मित्रता र साझेदारीमा आधारित छ । आपसी विश्वास, सम्मान र सहकार्यले यी दुई देश बीचको संबन्धलाई अझ प्रगाढ बनाउदै लैजानु पर्छ । द्धिपक्षीय संबन्ध सुदृढ भएमायसले दुवै देशको जनताको लागी दिर्घकालीन लाभ मिल्ने भनाई राखे ।

गण्डकी प्रदेश भित्रको बिकास निर्माण, शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र लगाएत विभिन्न धार्मीक र सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा भारतीय सरकार र मातहतका निकायबाट प्राप्त सहयोगकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहान्छु । साथै, आउँदा दिनहरुमा पनि यसरी नै सहर्काय हुनेछ भन्ने गण्डकी प्रदेश सरकारको अपेक्षा राख्दै भारतको ७६ औं गणतन्त्र दिवसको सु–अवसरमा आयोजीत यस कार्याक्रममा उपस्थित हुने अवसर प्रदान गरेकोमा भारतीय राजदुतवास पेन्सन वितरण कार्यालय पोखरालाई धन्यवाद व्यक्त गरेका थिए ।

पेन्सन क्याम्प पोखराका प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रशान्त सिंह बघेलले भारतीय सरकारले नेपाल र नेपालीकालागि साथै सेवानिवृत्त सैनिकहरूलाई सहयोग गरिरहने बताए । भारत सरकारले सेवा निवृत्त सैनिकको आश्रित परिवारको शिक्षा र स्वाथ्य पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ थियो । ७६औं गणतन्त्र दिवसको थीम “स्वर्णिम भारत विरासत और विकास” रहेको जानकारी गराउदै यस वर्षको थीममा समृद्ध भारत, सांस्कृतिक सम्पदाको वृद्धि र विकासलाई आधार मानिएको उनले बताए ।

विकास संरचामा मात्रै आधारित नभई मानव विकास र स्वस्थ्य वातावरणमा हुर्कन र रम्न पाउने अधिकार पनिविकास भएको भन्दै यो अभियानमा सहभागी हुन लेफ्टिनेन्ट कर्नेल बगेलले सबैलाई अनुरोध गरे ।

उक्त अवसरमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२५ पत्रिकाको लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेले उक्त पुस्तक विमोचन गरेका थिए ।

क्याम्पमा आयोजित नेपाल भारत मैत्री विद्यालय पोखराका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति प्रस्तुत गरेका थिए ।
सन् १९५० फेबु्रअरी २६ मा भारतमा गणतन्त्र घोषण भएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा नयाँ संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…