२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
अर्थ र वाणिज्यकृषि

व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

पोखरा, १४ माघ । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन् र त्यसलाई बजारसम्म पु¥याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो । कतै मेला÷महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्नखाले जडीबुटीको प्रदर्शन र बिक्री गर्छन् । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा उनी भन्दै थिए,‘यी जडीबुटीहरुले तपाईंलाई केही बेफाइदा गर्दैन । खाँदा साडइ इफेक्ट पनि हुँदैन । स्वस्थ रहन जडीबुटी खानुहोस् ।’

उनको स्टलमा रहेका थरिथरीका जडीबुटीप्रति अवलोकनकर्ताले विशेष चासो राखेका छन् । ‘सबैले जडीबुटी चिन्दैनन्, त्यसको उपयोगिता के हो भन्ने पनि जान्दैनन्, हामी उहाँहरुलाई महत्व बुझाउँछौँ,’उनले भने ।
त्यसो त, नेपालको १ हजारदेखि १५ सय मिटरसम्मको उचाइमा पाइने १ हजार ९५० प्रकारका जडीबुटीहरु औषधिको रुपमा प्रयोग हुँदै आएको छ । तीमध्ये १ सय ४३ लाई व्यावसायिक औषधि उत्पादनमा प्रयोग हुने गरी वर्गीकरण गरिएको छ । परम्परागत रुपले प्रयोग हुने औषधीय गुणसहितका धेरै जडीबुटीहरु हराउँदै गएका छन् । जति छन्, त्यसको पनि समुचित प्रयोग भएकै छैन । खल गरेर (पिसेर) औषधि बनाउने वैद्यहरु घट्दैछन् । परम्परा धानिरहेका आम्ची( हिमाली वैद्य) हरुले जडीबुटीको उपयोग गरिरहे पनि आधुनिक चिकित्सा विज्ञानको अगाडि हाम्रा अमूल्य सम्पत्ति र सभ्यता लोप हुँदै गएको छ ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा कृषि व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे ) का अनुसार पोखरा महानगरपालिका कृषि विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायतसँगको सहकार्यमा मेलामा जडीबुटी तथा कृषि उत्पादनहरुको प्रदर्शनी गरिएको हो । उनका अनुसार मेलामा कृषिसँग सम्बन्धित २५ वटाभन्दा बढी स्टल रहेका छन् । तीमध्ये धेरैजसोलाई निःशुल्क रुपले प्रदर्शनी एवं बिक्रीको व्यवस्था मिलाइएको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य,पर्यटन तथा कृषिको व्यावसायिकरणको लागि काम गर्दै आएको बताउँदै उनले भने,‘कृषकहरुलाई आफ्ना उत्पादनहरुको प्रदर्शनी,बिक्री र बजारीकरणमा सघाउनको लागि मेला उपयोगी भएको छ ।’
पर्वत फलेबासको सामुदायिक खाद्य प्रशोधन केन्द्रबाट उत्पादित अमलाको अचार, चितवनको चेपाङ समुदायले उत्पादन गरेका च्यूरीको साबुन, चितवनको कालिका ६ को अर्जुृन व्यावसायिक मौरी फर्मको मह,स्मार्ट कृषि बहुउद्देश्यी फार्मको गुन्द्रुक र मस्यौरा,जय देउराली फर्मको किबी,हेमजामा उत्पादित तरकारीहरु,बागलुङ काठेखोलाको उत्पादन कोदोको बिस्कुट,ढोंडबेसीको खुँदो,चितवन रामनगरको मह,मनखुसी खाद्य उद्योगको सिरम्लासम्म राखिएको छ । यस्तै पोखराकै अतिथि भान्साघरको उत्पादन भैंसीको सुकुटी,जुजुधौसम्मलाई मेलामा स्थान दिइएको तिमिल्सिनाको भनाइ छ ।

त्यसो त, क्यान कास्कीसँगको सहकार्यमा आयोजित १२ औं क्यान इन्फोटेक एवं चौथो मोवाइल मेलामा सूचना प्रविधिसम्बन्धी प्रदर्शनीले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । मेलाअन्तर्गत मंगलबार मोवाइल एप्स डेभलपर विश्वराज पौडेल,आइटी सुरक्षा विज्ञ रुपेश आचार्य तथा यार्सा टे«डका इञ्जिनियर रोशन श्रेष्ठले विद्यार्थीहरुलाई करिअरसम्बन्धी प्रशिक्षण दिने प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।

मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर  रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।
सोमबार चर्चित कलाकारहरु जीवन दाहाल, शंकरविरही गुरुङ,सुनिता नेपाली,कृष्णा गुरुङलगायतको प्रस्तुति रह्यो भने मंगलबार पशुपति शर्मा, चोलेन्द्र पौडेल,मधु थापा मगर,डिप्लम खाती, तुलसा क्षेत्रीलगायतको सांस्कृतिक उपसमितिका संयोजक ललित कुँवरले जानकारी दिए । मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल उपहार दिइने व्यवस्था मिलाइएको छ भने आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…