२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

वन तथा वातावरण मन्त्रालयको सय दिन : वन्यजन्तुले पुर्र्याएको क्षेतीवापत स्थानियलाई क्षेतीपूर्ति

पोखरा भ्यूज

पोखरा । वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले पदभार ग्रहण गरेको मंगलवार एक सय दिन पुगेको छ। यस अवधिमा वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले गरेका विभिन्न उपलब्धि सार्वजनिक गरेको छ । मन्त्री पौडेल आएपछि मन्त्रालयमा रोकिएका काम अघि बढेको र लामोसमयदेखि हुन नसकेका निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलले गण्डकी सरकारले यस आर्थिक वर्षमा हालसम्म वन्यजन्तुले पुर्र्याएको क्षेतीवापत स्थानियलाई१ करोड १० लाख क्षेतीपूर्ती दिइसकेको बताए । गण्डकीमा यस आर्थिक वर्षको हालसम्ममा वन्तजन्तुकाकारण २ जनाको ज्यान जानुका साथै ४ जना सख्त घाइते भएका थिए । मृतक परिवारलाई जनही १०/१० लाखतथा घाईतेलाई उपचारका लागि २/२ लाख रुपैयाँ प्रदान गरिएको उनले बताए । त्यसबाहेक अन्यचाहिं कृषिबालीमा पुर्र्याएको क्षेतीको रकम प्रदान गरिएको उनले स्पष्ट पारे ।

गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ । गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापननिर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो ।

यसअघि रुख कटान सम्बन्धि कार्यविधी नहुँदा गण्डकीमा २०७७ सालदेखि रुख कटान रोकिएको थियो ।जसले गर्दा ढलापडा रुखसमेत कटान गर्न नपाउँदा गण्डकीका अधिकांश सामुदायिक तथा सरकारी वनमा रुखकुहिएर जाने अवस्थामा छ । तर अब ढलापडा रुख कटान गर्न मिल्नेगरी कार्यविधी ल्याउन लागेको गण्डकीप्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बताए । मन्त्री बनेको एक सय दिने उपलब्धी सार्वजनिकगर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘कार्यविधी यहि हप्ताभित्र बनाउँदैछौं । त्यसपछि रुख कटान शुरुहुन्छ ।’ उनले फागुनदेखि शुरु गरेर जेठसम्ममा ढलापडा रुख कटान गरिसक्ने योजना रहेको बताए ।असारदेखि रुख कटान गर्न मिल्दैन,उनले भने,‘त्यसअघि नै कटान गरिसक्नुपर्ने बाध्यता छ । त्यसलाई मध्यनजरराखेर रुख कटान सक्ने योजनामा हामी छौं ।’

मन्त्री पौडेलले वनलाई आयसँग जोड्ने प्रयासमा सरकार रहेको बताए । वनलाई आयसँग नजोडेसम्म वनसंरक्षणपनि नहुने र वन बिस्तारपनि नहुने बताए ।

मन्त्री पौडेलले सामुदायिक वन उपभोक्ता महासंघ सँगपनि करको विषयमा सहमति नजिक पुगेको बताए ।गण्डकी सरकारले वन पैदावरमा कर लगाएपछि दोहोरो, तेहेरो कर तिर्नुपरेको भन्दै सामुदायिक वन उपभोक्तामहासंघले अदालत गुहारेको थियो । जसमा अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै गण्डकीसरकारलाई अन्तरिम आदेश दिएका कारण सो निर्णय लागु हुन सकेको थिएन । तर अहिले सामुदायिकवनबाट उठेको राजश्वमा बजेट थपेर सोहि वनमा खर्च गर्न दिनेगरी राजश्व उठाउन दिने विषयमा सहमति नजिकपुगेको उनको भनाई छ । यद्वपी राजश्वको दरबारे अझै टुंगि नसकेको श्रोतले बतायो । सामुदायिक वनउपभोक्ता महासंघले १० प्रतिशत भन्दा बढी राजश्व राख्न नपाउने अडान लिएको तर गण्डकी सरकार भने २०प्रतिशतसम्म लिने सोंचमा रहेका कारण नटुंगिएको श्रोतको दाबी छ । मन्त्रीले भने यसबारेमा थप केहिपनिखुलाएनन् । उनले भने,‘हामी सहमति नजिक छौं तर टुंगिसकेको छैन ।’

मन्त्री पौडेलले राता बाँदरलाई कृषिका लागि हानिकारक सूचीमा राख्ने निर्णय भई राजपत्रमासमेत प्रकाशितभइसकेको बताए । यसले कृषिमा हुने क्षेती न्यूनिकरणमा सघाउँछ,उनले भने,‘पहिले बँदेललाई मात्र कृषिहानिकारक जनावरका रुपमा राखिएको अहिले राता बाँदरलाईपनि राखिएको छ । यसले अबदेखि कृषिमाहानि पु¥याएको अवस्थामा राता बाँदरलाई पक्रने, लखेट्ने र त्यस क्रममा बाँदर मरिहाल्यो भनेपनि कानून्नलाग्ने लाग्दैन ।’

मन्त्री पौडेलले पोखरा–३१ पचभैयामा रहेको प्राणी उद्यान वन्य जन्तु उद्धार केन्द्रलाई बिस्तार गरेर चिडियाघरकारुपमा विकास गर्ने र त्यसलाई अनुसन्धान केन्द्रसमेत बनाउने तयारीमा गण्डकी सरकार लागिरहेको बताए ।त्यसका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउन कुनै एउटा कम्पनीलाई जिम्मा दिइएको उनको भनाई छ ।‘अहिले एउटामात्र सामुदायिक वनलाई समेटिएको छ, अब त्यस वरपरका थप दुईवटा थपेर तीन वटासामुदायिक वन क्षेत्रलाई समेटेर चिडियाघर र अनुसन्धान केन्द्र बनाउने तयारीमा मन्त्रालय जुटेको छ’–उनले भने। यो अन्र्तराष्ट्रिय चिडिया घर र सदर चिडियाघरको मापदण्ड अनुसार बन्ने उनको दाबी छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…