२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

गण्डकी धौलागिरी पेट्रोलियममा सुवेदी

पोखरा, माघ २६ । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
समितिको उपाध्यक्षमा जय मोहन भट्टराई, महासचिवमा सुजन बराल, उपमहासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा भुगोल गुरुङ, सन्तोष बराल, विप्लब हमाल, बिजय अर्याल र इश्वर पौडेल निर्वाचित भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पदार्थको व्यापार २५ प्रतिशतले घटेको बताए । सरकारको पूँजिगत खर्च कम हुनु, नेपाल भारत खुल्ला सिमाना र विद्युतीय गाडीको व्यापारसँगै पेट्रोलियम व्यवसायीको लगानी धरापमा परेको बताएका हुन ।
स्वचालित मुल्य प्रणालीका कारण नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो भएकाले सिमानाबाट नेपाल आउने अधिकांस सवारी साधनले उतैबाट इन्धन भर्ने, विकास निर्माणमा प्रयोग हुने मेशिनरी सामान तथा डिजेल प्लान्ट पूर्णरुपमा संचालनमा नआउँदा पनि व्यापार घटेको प्रधानले उल्लेख गरे । बजारमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोग पनि पेट्रोलियम पदार्थको कम खपतको कारण बनेको प्रधानले बताए ।
पेट्रोलियमको कारोबारमा नेपाल आयल निगमको एकाधिकार रहेकाले, अरवौ रुपैया लगानी गरेका व्यवसायीलाई निगमले कारिन्दाको जस्तो व्यवहार गरेको आरोप लगाए । व्यवसायी निगमको कारिन्दा नभई व्यापारिक साँझेदार भएको समेत स्पष्ट पारे । प्रधानले पेट्रोलियम पदार्थ ढुवानीका लागि निगमले उपलब्ध गराएका साधन मापदण्ड विपरित रहेको आरोप लगाउँदै त्यसलाई सुधार गर्न जोड दिए । उनले व्यापारीलाई निगमले उपलब्ध गराएको गुणस्तर र परिणाममै पेट्रोलियम पदार्थ विक्री बितरण गर्न आग्रह गरे । पेट्रोलियम व्यवसायीका बिषयमा यसअघि निर्माण भएको गलत भाष्यमा अहिले सुधार आएको प्रधानले बताए ।
कार्यक्रममा राष्ट्रिय एशोसियशनका बरिष्ठ उपाध्यक्ष सुनिल गुरुङ्गले पैसा कमाउने लोभमा बदनाम हुनेगरी कारोबार नगर्न व्यवसायीलाई सुझाव दिए । ग्राहकमैत्री व्यवहार र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै, गुरुङले व्यवसायीमा लोभ देखिदा सिंगो पेट्रोलियम क्षेत्र बद्नाम भएको उल्लेख गरे । बिगतमा केही पेट्रोलियम व्यवसायीले निगमसँग मिलेर बदमासी गरेको घट्ना सार्वजनिक हुँदा सवैले शिर निहुराउने अवस्था आएको समेत गुरुङले बताए  । गुरुङले इमानदारीता पूर्वक काम गर्न सुझाव दिदै गलत धन्दाबाट आर्जन भएको पैसाले पोल्ने भन्दै सचेत गराए ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख मनोज पोखरेल, नेपाल आयल निगम गण्डकी प्रदेश डिपो गगनगौंडाका निमित्त प्रमुख पर्शुराम अधिकारी, एशोसियशनका केन्द्रिय सदस्य एवं गण्डकी संयोजक शुशिल गौचन, ट्यांकर एशोसियशनका उपाध्यक्ष धुर्व गौतम, निर्वाचन समितिका संयोजक सुमन भट्टराई, भलाई कोषका संयोजक जयमोहन भट्टराई, चालक संघका सुमन गुरुङ, पेट्रोलियम मजदुर संघका दुर्गा कंडेल, सल्लाहकार नविन बराल लगायतले पेट्रोयिम क्षेत्रका देखिएका समस्याका बारेमा बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…