२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

लर्ड बुद्वको चार्टर नाईटमा चार्टर हस्तान्तरण

पोखरा भ्यूज

काठमांडौ । लायन्स क्लब अफ काठमांडौ लर्ड बुद्वले आफ्नो ८औं चार्टर नाईट एवं नयाँ क्लबलाई चार्टर हस्तान्तरण गरेको छ । बुधवार होटल पौवा गौशाला काठमांडौमा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लर्ड बुद्वले स्पोन्सर गरेको नयाँ क्लब लायन्स क्लब अफ काठमांडौ बुद्व यूनिभर्सललाई चार्टर हस्तान्तरण गरेका हुन् ।

लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सो क़ार्यक्रममा क्लबले ड़िजी क्लब भिजिटसमेत सम्पन्न गरेको छ । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्स क्लब अफ काठमांडौ लर्ड बुद्वले समाज रुपान्तरणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

काठमांडौ लर्ड बुद्वले बुद्व युनिभर्सलसहित १८ वटा लायन्स क्लब र एउटा लियो क्लब चार्टर गर्न सफल भएकोछ । गोपाल काफ्ले संस्थापक अध्यक्ष रहेको बुद्व यूनिभर्सलको क्लबमा २१ जना संस्थापक सदस्य रहेका छन् । क्लबले स्थापनाको छोटो अवधि मात्र नभई आज मात्र चार्टर प्राप्त गरेको क्लबले उत्कृष्ट कार्य गर्न सफल पनि भएको छ

क्लबका संस्थापक अध्यक्ष डिष्ट्रिक्ट चिफ पिआरओ बिष्णु भण्डारीले स्थापनादेख़ि हालसम्म क्लबले गरेका गतिबिधिबारे प्रकाश पारेका थिए

कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्सालले लायन्स क्लब अफ काठमांडौ लर्डबुद्वले सर्भिस, फेलोशिप र लिडरशिपका सबै हिसाबले उत्कृष्ट रहेको भनाई राख्दै क्लबले लायनवादमा पुर्र्याएको योगदानको उच्च कदर गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिईन् ।

समारोहमा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिष्ट्रिक्टका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर डिष्ट्रिक्ट सूर्य कुमार केसी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर महेश पाण्डे, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी लगायत डिष्ट्रिक्टका सिनियर लिडर र दुवै क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

लायन्स क्लब अफ काठमांडौं लर्ड बुद्वका अध्यक्ष रूप बहादुर रावल अध्यक्षता, क्लबका सचिव क्षितिज पौडेलको संचालन रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जोन चेयरपर्सन बदन कुमार भण्डारी स्वागत मन्तव्य रहेको प्रथम उपाध्यक्ष प्रकाश कँडेलले ध्वजाको अभिवादन पाठ गरेका थिए ।

लियो सबीना भण्डारीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् त्यस्तै जादुगर राजेन्द्र गिरीले आफ्नो टीमसहित उत्कृष्ट जादु प्रस्तुत गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…