
काठमाडौं । नेपाल प्रेस युनियन सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोधमा सडक प्रदर्शनमा उत्रिएको छ।
नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को विरोधमा सडक प्रदर्शनमा उत्रिएको हो।
उनीहरूले बिहीबार सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा बोल्दै युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आमनागकिकहरुको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको बताए।
‘सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस गरेर आम नागकिकहरुको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको छ। तत्काल राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ता गरेरसरोकार वालाहरूसँग छलफल गरेर मात्रै त्यो विधेयकलाई पूर्णता दिने गरी राष्ट्रिय सभामा र प्रतिनिधि सभामा पेस गर्नका निम्ति अनुरोध गर्दछु’ उनले भने । सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुनर्लेखन नगरे स्वीकार गर्न नसकिने लम्सालको भनाई थियो ।
उनले विधेयकले वाक तथा प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने प्रावधान रहेको भन्दै विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुन लेखन नगरिए विधेयक स्वीकार गर्न नसकिने बताए।
विरोध प्रदर्शन युनियनका काठमाडौं अध्यक्ष महेश्वर गौतमले सरकारले विधेयकमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेको बताए।








