२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

वितरक महासंघको १३औ वार्षिक साधारण सभा तयारी तीव्र

पोखरा । पोखरामा हुने नेपाल वितरक महासंघको १३ औं साधारणसभा एवं छैटौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । 

यहि आउँदो फागुन १६ र १७ गते पोखरास्थित होटल ग्राण्डमा सम्पन्न हुन गईरहेको र तयारी तीव्र पारिएको नेपाल वितरक महासंघका  केन्द्रिय अध्यक्ष हरिराज पन्तले जानकारी दिए ।

अध्यक्ष पन्तका अनुसार साधारण सभामा ४५ जिल्लाका २५० बढि प्रतिनिधि सहित विभिन्न क्षेत्रमा संलग्न ब्यवसायी एवं सामाजका प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागिता रहने छ ।

नेपालमा उत्पादन भएका एवं बाह्य बजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरु समेटिएको महासंघ एक मात्र अभिभावकीय संस्थाको रूपमा परिचित छ ।

अध्यक्ष पन्तका अनुसार नेपालको विभिन्न ४५ वटा जिल्लामा वितरकको रुपमा कार्यरत ब्यबसायीहरुको संख्या करिब छ हजार रहेको छ । तर वितरकहरुको काम, कर्तब्य र अधिकारलाई समेट्ने गरि स्पष्ट कानुन नबन्दा विभिन्न समस्याहरु भोग्नु परेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…