२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरपर्यटन

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पोखरा ।  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले  पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ ।

यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव विनोद प्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी, उपाध्यक्ष कमल सापकोटा, वरिष्ठ अधिकृत कुन्दन मिश्र तथा टान केन्द्रका अध्यक्ष सागर पाण्डेसँग भेटघाट तथा छलफल गरेको छ।

भेटका क्रममा टान गण्डकीले पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, सेवा तथा व्यवस्थापनका चुनौतीबारे जानकारी गराउँदै तिनको समाधानका लागि सरकार तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको थियो।

पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई साहसिक पर्यटनका लागि पनि प्रसिद्ध गन्तव्य हो। तर, काठमाडौं–पोखरा यातायातको अवस्था, अन्तर्राष्ट्रिय उडानको सीमितता, पर्यटकीय स्थलहरूको संरक्षण अभाव, पर्यटन व्यवस्थापनमा देखिएका कमजोरी तथा प्राकृतिक चुनौतीहरूका कारण अपेक्षित प्रतिफल हासिल गर्न कठिन भइरहेको बारे टानले जानकारी गराएकाे छ  ।

टान गण्डकीले ट्रेकिङ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (TIMS) को प्रभावकारी कार्यान्वयन, पदमार्गहरूको खोजी तथा प्रवर्द्धन, दुर्घटना न्यूनीकरण, गाइड र पोर्टरहरूको सुरक्षित रोजगारी सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसबारे सरकारलाई विशेष पहल गर्न आग्रह गरेको छ। साथै, गण्डकी प्रदेशका ११ जिल्लालाई समेट्ने गरी पदमार्गहरूको विस्तारको योजना अघि सार्दै यसलाई छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेकाे छ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको लामो समय भए पनि अन्तर्राष्ट्रिय पर्यटकहरूको चाप अपेक्षाकृत रूपमा बढ्न नसकेको टान गण्डकीको निष्कर्ष रहेको छ। पर्यटकीय सेवा तथा वस्तुहरूको प्रवर्द्धनमा अझै व्यवस्थित मार्केटिङको अभाव रहेको र अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रचार-प्रसार नहुँदा पोखरा विदेशी पर्यटकहरूको मुख्य गन्तव्य बन्न नसकेको कुरामा छलफल भएको थियो।

यस अवस्थालाई सुधार गर्न पोखराको अन्तर्राष्ट्रिय ब्रान्डिङ आवश्यक रहेको र त्यसका लागि अन्तर्राष्ट्रिय प्रमोशनल भ्रमणहरू आयोजना गर्नु पर्ने टान गण्डकी टोलीको धारणा थियो। सम्बन्धित निकायहरूले पोखराको पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग समेत प्रस्तुत गरिएको छ।

यस छलफलले पोखराको पर्यटन विकासका लागि नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाहरूको सामूहिक प्रयासले मात्र पोखरालाई विश्वस्तरीय गन्तव्यका रूपमा उभ्याउन सकिनेमा टान गण्डकी प्रतिबद्ध रहेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…