२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरस्वास्थ्य

मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया

पोखरा । मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गतको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथाट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुंगास्थित चरक मेमोरियल हस्पिटललमा सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा. एस के.जैसवाल, नर्स र प्राविधिक गरि सातजना शल्यक्रियाका लागि खटिएका थिए।

पोखरा महानगरपालिका २५ हेम्जा घर भएका ६३ वर्षका एक पुरुषको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । उनका अनुसार मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया गरिएको सम्भवतः गण्डकी प्रदेशमै यो पहिलो रहेको उनले बताए ।

उकालो हिँड्न गाह्रो हुने, रिँगटा लाग्ने, श्वास फेर्न अप्ठ्यारो जस्तो समस्या भएपछि त्रिपाठीलाई उपचारका लागि परिवारले हस्पिटल पुयाएका थिए । त्यसपछि उनको स्वास्थ्य परिक्षण गर्दा मुटुको प्लस जम्मा ३०/३५ मात्र सगै अन्य समस्या देखिएपछि आवश्यक परीक्षण गर्दा मुटुको भल्भमा समस्या देखिएको डा जैसवालले जानकारी दिए । लगतै बिरामीको समस्याका बारेमा डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यकृया सम्पन्न गरेको डा जैसवालले जानकारी दिए ।

मुटुको समस्या लिएर आउने बिरामीहरुलाई सम्भव भएसम्म हस्पिटलमा कार्यरत आफु सहितको चिकित्सक टोलीले समस्या समाधान गर्ने गरेको र जटिल समस्या भएका बिरामीहरुको लागि काठमाण्डौमा डा. देवकोटालगायतका चिकित्सकलाई सम्पर्क गरि आवश्यक उपचार गदै आएको जानकारी दिए । मुटुको उपचारको सबैसेवा हस्पिटलबाटै आफुहरुले प्रदान गदै आएको समेत उनले जानकारी दिए ।

उपचार पछि त्रिपाठीले पोखरामै समयमा सगै सफल उपचार गर्न पाउदा थप समस्या हुन नपाएको बताए । पोखरामै यो सेवा पाएपछि बाहिर किन जानु भन्दै प्रश्न गरेका उनले उपचारमा खटिएका चिकित्सक सहितको टोलीलाई धन्यबाद दिए । 

बिरामी त्रिपाठीका छोरा अग्रीम त्रिपाठीले हस्पिटल ल्याउनु अघि बुबाको अबस्था एकदम नाजुक रहेको बताए। मुटुको प्लस जम्मा ३०/३५ मात्र रहेको थियो, यस्तो अवस्थामा एयर लिफट गरेर काठमाण्डौ लैजान पनि सम्भव थिएन । चरक ल्याएपछि कार्यरत चिकित्सकले विशेषज्ञ चिकित्सक देवकोटा संग समस्याका बारेमा छलफल एंव जानकारी दिने काम भएपछि डा.देवकोटा पोखरा आएर उपचार सुरु सगै सफल शल्यकृया भएको बताए । हाल बुबाको अवस्था एकदम ठिक छ, हामीले कल्पना गरेको भन्दा चाडो बुबाको स्वास्थ्यमा सुधार भएको उनले सुनाए ।     

बुबालाई आफनै ठाउमा उपचार गराउन पाईयो, काठमाण्डौ लगेको भए जादा आउदा मात्र धेरै खर्च हुने थियो, समय समेत धेरै लाग्ने थियो । पोखरामा उपचार गर्दा खर्च सगै समय पनि बचत भयो । काठमाण्डौ लगेको भएपनि गर्ने उहाँहरुले नै हो, उहाँहरु पोखरा आएर उपचार गरिदिएपछि सबैभन्दा सहज बिरामी र परिवारलाई भएको उनले बताए । 

यस अघि चरक मेमोरियलले स्वास्थ्य मन्त्रालय काठमाण्डौबाट २०८० असारमा ओपन हार्ट सर्जरी सेवाका लागि अनुमति पाएको थियो भने त्यसको एक महिनापछि साउन अन्तिममा मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सहयोगमा ४५ वर्षीका एक पुरुषको गण्डकी प्रदेशमै पहिलो पटक सफलतापुर्वक सर्जरी समेत गरेको थियो । त्यस समय मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. देवकोटा, डा एस के जैसवाल, डा कृष्ण वस्याल लगायतको टिमले करिव चार घण्टा ३० मिनेट लगायर प्रदेशमै पहिलोपटक ओपन हार्ट सर्जरी सफलता पुर्वक सम्पन्न गरेका थिए । 

चरकले मुटुको सर्जरी सेवाका लागि करिब चार करोडको लागतमा आवश्यक उपकरणहरू खरिदगरी आवश्यक उपकरणसहितको स्थायी सर्जरी कक्ष २०८० को सुरुमै तयार गरेको प्रबन्ध निर्देशक पोखरेलले बताए। हाल हस्पिटलले अनुभवी चिकित्सकहरू काठमाडौंबाट ल्याउने र अस्पतालका चिकित्सकहरूको सहयोगमा मुटुको उपचार एवं शल्यक्रिया गरिरहेको उनले जानकारी दिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…