२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरशिक्षा

शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनको सम्मान

जि एण्ड के एजुकेशनद्धारा ५ जना शैक्षिक अगुवा सम्मानीत
पोखरा । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका ५ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नोभेल एकेडेमी पोखराका सिइयो विशेश्वर आचार्य, पश्चिमाञ्चल क्याम्पसका संयोजक देव बहादुर क्षेत्री, प्रतिभा मन्टेश्वरीकी प्रिन्सिपल पद्या पौडेल पराजुली, सनफ्‌लावर बोडिङ स्कुलका संचालक दिवस शाह र आईईएलटीएस काउन्सिलर दिपक आचार्य रहेका छन् । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

शिक्षा विकास निर्देशनालय, गण्डकीका निमित्त महानिर्देशक धनश्याम पौडेल, पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, इक्यानका उपाध्यक्ष भुवन बहादुर क्षेत्री, इक्यान कास्की अध्यक्ष प्रकाश गैह्े, इक्यान कास्कीका पूर्वअध्यक्ष रमेश थापा, गैह्आवासिय नेपाली महासंघ पोल्याण्डका पूर्वमहासचिव श्रीकृष्ण न्यौपाने, जि एण्ड केका संचालन राजन पन्थी लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवाको खाचोँ रहेको बताए र्। राम्रो शैक्षिक परामर्श नपाएर विद्यार्थी समस्याग्रस्त मात्र भएका छैनन् डिप्रेसनको सिकार भएका छन् । अर्को तर्फ विदेश पुगेर पनि भौतारीनु परेको छ ।’ उनले भने । यस्तो अवस्थामा गुणस्तरीय शैक्षिक परामर्श दिने संस्थाको खाचोँ छ ।

पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले विद्यार्थी र अभिभावकको मन जित्ने गरी मर्यादीत भएर सेवा दिन आग्रह गरे । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले छोटो समयमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गरे ।

संस्थामा कार्यरत पिन्की शार्ही जि एण्ड के आइडल’बाट सम्मानित भइन् ।

पोखरामा प्रधान कार्यालय रहेको जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले अष्ट्रेलिया, युके, क्यानडा, डेनमार्क, साउथ कोरिया लगायतका देशमा जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आएको छ । बुटवल, दाङ र धनगढीमा शाखा विस्तार गरेको छ ।

जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टका संचालक राजन पन्थीले नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्विकृत लिइ संस्थाले सेवा गरिरहेको जानकारी दिए । कार्यक्रमाम बुटवल शाखाका विवेक बराल, दाङ शाखाका विपिन बराल र धनगढी शाखाका नविन धामीले जि संस्थाको वारेमा बोलेका थिए ।

स्थापना दिवसकै अवसरमा जि एण्ड केले पोखरामहानगरपालिका वडानम्बर ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक/एक सेट विद्यालय पोशाक वितरण गरेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…