२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ बुधबार सकिदै

पोखरा, २० फागुन। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैछ।

भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।भोली नै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्ने तथा समापन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।सोही अवसरमा सहयोगकर्ता विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

मंगलबार आज मात्रै महायज्ञमा ५५ लाख बढी दान संकलन भयो ।योसँगै आजसम्म यज्ञमा कुल २ करोड ८ लाख बढी दान संकलन भएको छ ।मंगलबार पोखरा १८ निवासी हरी, कल्पना ढकाल क्षेत्री परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, पोखरा ८ निवासी रमेश, सिर्जना बराल परिवार, पोखरा ३ निवासी विरेन्द्रमान् पालिखे, पोखरा ८ निवासी महेन्द्र, बीरेन्द्र तथा विक्रम बिजुक्छे परिवारबाट समान २ लाख ३३ हजार ३ सय ३३ दान प्राप्त भयो।

त्यसैगरी सराङकोट निवासी बीरबहादुर, भरतबहादुर जिसी परिवारबाट २ लाख २३ हजार ३ सय २३, सराङकोट सिमतालका कृष्णबहादुर, गोमा थापा परिवारबाट १ लाख २४ हजार ५, सराङकोट क्यानचोक निवासी चुडामणि तिमिल्सीना परिवारबाट १ लाख १ हजार १ सय ११, पर्यटन महिला समूह सराङकोट टपबाट ५५ हजार, पोखरा ६ निवासी ज्ञानेन्द्र, इन्दीरा पहारी परिवार, सराङकोट सिमतालका लालबहादुर जिसी परिवारबाट समान ५१ हजार १ सय ५१, लाइन्स क्लव एफ् गोल्डेन चौतारीबाट ५१ हजार १ सय ५ तथा सराङकोट निवासी सुरज, कल्पना केसी परिवारबाट ५१ हजार दान प्राप्त भएको कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो।

भोली समापनको दिन घेरै दाता आउँदै हुनुहुन्छ, हामीले त्यही अनुसार तयारी पनि गरेका छौं ।पक्कै पनि हाम्रो लक्ष्य प्राप्ति हुनेछ, वडाध्यक्ष समेत रहनुभएका महायज्ञका सहअध्यक्ष शिवप्रसाद तिमिल्सीनाले भन्नुभयो।

महायज्ञ अन्त्यतिर आउदाँ भक्तजनको उल्लेख्य सहभागिता देख्न सकिन्छ।विशेष गरी त्यहाँ आमा समूह, टोल विकास संस्थाको वाक्तो उपस्थिती रहेको छ ।महायज्ञको सातौँ दिन मंगलबार, सोमबार जस्तै करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गर्नुभएको छ ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…