२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक व्यक्तित्व मिलन थापालाई सम्मान

पोखरा भ्यूज

पोखरा । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर समितिले सामाजिक व्यक्तित्व मिलन थापालाई सम्मान गरेको छ ।

सबै महिला र बालबालिकाका लागि अधिकार, समानता र स–शक्तिकरण भन्ने यस बर्षको नारासहित सम्मान एवं प्रशिक्षण कार्यक्रम गरिएको नेपाल महिला संघ महानगर समितिका सभापति अम्बिका ढुङगानाले बताईन् ।

यो वर्षको नारामा आफ्नो ऐक्यबद्घता तथा समर्थन जनाउँदै महानगर समितिले सामाजिक क्षेत्रमा पुर्र्याएको योगदानको उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सामाजिक व्यक्तित्व लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे, नेपालका डिष्ट्रिक्ट गभर्नर रहनु भएकी थापालाई सम्मानित गरिएको हो ।

थापालाई प्रमुख अतिथि नेपाल महिला संघ कास्कीका संस्थापक सभापति शकुन्तला गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महिला संघ महानगर समितिका सभापति अम्बिका ढुङगानालगाएतले लायन्स क्लब मार्फ़त समाज रूपान्तरणमा खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरेका हुन् ।

नेपाल महिला संघ महानगर समितिका सभापति अम्बिका ढुङगानाको अध्यक्षता महिला संघ कास्कीका संस्थापक अध्यक्ष शकुन्तला गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र महिला संघ कास्कीका सभापति मिना पाण्डेलगाएतले महिलाको समानसहभागिता, नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर दिलाउन पर्ने भनाई व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै महिला संघ कास्कीका संस्थापक सभापति शकुन्तला गुरुङले महिलाहरुको समानसहभागिता विना समाजको विकास हुन नसक्ने बताईन् । उनले राजनितीमा महिला सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै आरक्षणका नाममा सक्षम र अवसर प्राप्त गर्न सक्ने भन्दा नयाँ र अवसर प्राप्त गर्न नसक्नेहरुलाईअवसर दिनुपर्नेमा जोड दिएकी थिईन् ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले राजनीतिमा आउनका लागि महिला स्वयं नै सक्षम र नेतृत्व विकास सीप भएको हुनुपर्ने बताए । लहैलहैमा नेता भईदैन भन्दै बरालले आफ्नो व्यक्तित्व निखार्दै समाजमा सुगन्ध छर्ने महिलालाई राजनीतिक दलले आफैं खोज्ने बताए ।

नेपाल महिला संघ कास्कीका सभापति मीना पाण्डेले राज्यका हरेक तहमा नेतृत्व लिन महिला एकजुट हुनुपर्ने भनाई राख्दै नेपाली काँग्रेसले नै महिलाको हक अधिकारको सुनिश्चित गर्ने उनको भनाई थियो ।

कार्यक्रममा शान्ति ,न्याय र लोकतन्त्रका लागि समाबेशी महिला संजाल गण्डकी प्रदेशका अध्यक्ष अधिवक्ता सरिता तिम्सिना पगेनीले राजनीतिमा महिला सहभागिता सम्भावना र चुनौती विषयमा प्रशिक्षण दिएकी थिईन्  ।

नेपाल महिला संघ पोखरा महानगर समितिका सचिव कल्पना थापाको संचालन रहेको कार्यक्रममा उपाध्यक्ष सुधा थापाले महिला अधिकारका बारेमा आफ्नो भनाई राखेकी थिईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…