
सुर्य वास्तोला
पोखरा, २५ फागुन । स्वतन्त्र र राष्ट्रसेवक कर्मचारी संगठन नेपालले पोखरामा शनिवार प्रथम प्रदेश तथा जिल्ला भेलाको आयोजना गरी आफ्नो संगठन विस्तार गरेको छ । भेलाले जिवन मर्सानीको अध्ययतामा २९ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा प्रेमराज चापागाई, सुरज माझी, मनुमाया कार्की, महासचिव सुशिल वास्तोला, सचिव माधव आचार्य चुणमणि बराल, सरोज बराल त्यसैगरी कोषाध्यक्षमा ससी अधिकारी, सह–कोषाध्यक्षमा सन्देश लम्साल निर्विरोज निर्वाचित भएका छन् ।
त्यस्तै, प्रथम जिल्ला भेलाले मनुवा चौधरीको अध्यक्षतमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन
गरेको छ । उपाध्यक्षमा सुस्मा पौडेल। बद्रीराज पौडेल, सचिव प्रकाश सुवेदी र नारायण शर्मा कोषाध्यक्ष गणेश लामा, सह–कोषाध्यक्ष गरी २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।
दुवै भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि संगठन केन्द्रिय अध्यक्ष श्रवण कुमार गुरुङले संगठनले राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताए । संगठनलाई चुस्त र दुरुस्त बनाई अगाडी बढाउन नवनिर्वाचित जिल्ला तथा प्रदेश पदाधिकारीहरुलाई आग्रह समेत गरेका छन् । पेसागत हक हित र अधिकार राख्नका लागि स्वतन्त्र संगठनको निर्माण भएको उनले बताए । कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष सिता गुरुङ सहभागिताको तर्फबाट सुस्मा पौडेल मनुवा चौधरी स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, लगायतले संगठनको बारेमा बोलेका थिए ।
स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन–नेपालका केन्द्रिय उपाध्यक्ष शिव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हेमन्त ढुङ्गानाले गरेका थिए । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालले करिब २७ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको जनाएको छ ।









