
पोखरा । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको ५४७ औं बैठकले उनलाई आगामी १ चैतदेखि लागु हुने गरी सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकाल २ वर्षको हुनेछ ।
गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन् । उनी यसअघि ग्रिन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा कार्यरत् थिए ।
पोखरा फाइनान्सका यसअघि सिइओ रविचन्द्र गुरुङलाई पदमुक्त गरिएपछि सो पद रिक्त थियो । रविचन्द्रलाई गत २३ माघमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । तत्पश्चात् कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत राजुमोहन भट्टराईलाई कामु सिइओ जिम्मेवारी दिइएको थियो ।











