२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

चीनको सिचुवान प्रान्तका व्यवसायी र पोउवा संघका प्रतिनिधिबीच भेटघाट

चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी÷व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ ।
पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । सिचुवान चीनको छैटौं ठूलो अर्थतन्त्र भएको प्रान्त हो । मदिरा,बाँसका उत्पादनका निम्ति यो प्रान्त प्रसिद्ध छ । यसका अलावा पछिल्लो समय यो प्रान्तले विद्युतीय गाडी र सामग्री उत्पादन पनि उत्तिकै बढाएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलमा विदेशबाट सिचुवान फर्किकाहरुको संगठन (सिचुवान प्रोभिन्सीयल रिटन्र्ड ओभरसिज चाइनीज फेडरेसन ) का महासचिव सु यान्माइ,सोही संस्थाका अधिकृत जी जुन्चेङ,लुजुका अध्यक्ष जियाङ याङ्कीयाङ,महासचिव उ जोङ,वाइन निर्माता लुजु लाजियो ग्रुप अफ कम्पनीका उपाध्यक्ष यायो सिन्जियान र लुजु लाजियो ग्रुप अफ इन्भेष्टभेण्टका अध्यक्ष वाङ गङ रहेका थिए ।
प्रतिनिधिमण्डलको स्वागत गर्दै संघका अध्यक्ष गोकर्ण कार्कीले विश्वका दुई ठूला जनसंख्या भएका भारत र चीनजस्ता दुई देशको व्यापारिक सम्बन्ध बिस्तारका निम्ति पुलको काम गर्न आफूहरु तयार रहेको बताए ।
उनले नेपाल र चीनबीच भएका सम्झौता अनुरुप जडिबुटी, भैंसीको मासु, माछा र अमिला फलफूल,हस्तकलाका सामाग्रीहरु निर्यात गर्न नेपाली व्यवसायी तत्पर रहेको पनि बताए । उनले पोखराको पूर्वाधार निर्माणमा चीन सरकारको सहयोगप्रति आभार प्रकट गर्दै चीन सरकारले चालु अंग्रेजी वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणाको पनि मुक्तकष्ठले प्रशंसा गरे ।
‘पोखराको पर्यटनसहित अन्य उद्योगहरुमा लगानी बढाउन, हामीसँग सहकार्य गर्न पनि यहाँहरुलाई आह्वान गर्दछौँ,’उनले भने,‘नेपाल लगानीको लागि उपयुक्त र छिटो नाफा आर्जन गर्न सकिने देश भएको पनि हामी यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौँ । म यहाँहरुलाई मिलेर उद्योग÷व्यवसाय गर्न र सँगै हिँड्न आग्रह गर्दछु ।’
प्रत्युत्तरमा बोल्दै विदेशबाट सिचुवान फर्किकाहरुको संगठन (सिचुवान प्रोभिन्सीयल रिटन्र्ड ओभरसिज चाइनीज फेडरेसन ) का महासचिव सु यान्माइले सिचुवानको राजधानी छेन्दुबाट पोखराको सिधा उडानले पोखराको प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । उनले पोखरा सुन्दर रहेको बताउँदै सिधा उडानका निम्ति गरिएका प्रयासहरुको पनि स्मरण गरिन् ।
दक्षिण एसिया विश्वकै ठूलो बजार हो । हामी त्यो बजार चाहन्छौँ । नेपाल र पोखरामा कस्ता उद्योगहरुमा लगानी गर्न सकिन्छ, यहाँ के सामग्री पठाउन सकिन्छ भन्नेबारे हामी यहाँहरुसँग सहकार्य गर्छौँ,’उनले भनिन्,पोखरा–छिन्दु सिधा उडानले अन्य देशका पर्यटनहरु पोखरा हुँदै चीन पुग्ने बाटो खुलेको छ । हामी पर्यटन क्षेत्रमा पनि सहकार्य गर्नेछौँ ।’
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठसहित पोउवा संघका उपाध्यक्षद्वय दीनेश बास्तोला, बलराम आचार्य, महासचिव शोभा गौतम,कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ,उपमहासचिव सुदीप प्रधानाङ्गलगायतको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…