
पोखरा । पृथ्वी नारायण क्याम्पस पोखराको स्वतन्त्र बिद्यार्थी युनियन चुनाबमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
अनेरास्ववियुको प्यानलका सभापतिका उम्मेदवार बिष्णु पोखरेलले ११०५ मत प्राप्त गर्दा नेपाल विद्यार्थी संघका शुसिल न्यौपानेले ५०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार बिप्लवी न्यौपानेले ४६९ मत प्राप्त गरेकी छन् ।
उक्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन गठन भएदेखि यता निरन्तर रुपमा अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब निरन्तर रुपमा जित्दै आएको छ।अनेरास्ववियुले उक्त क्याम्पसमा २३ औं पटक जीत निकाल्न सफल भएको छ। २०२१ सालमा गणेश शेरचन सर्वसम्मत पिएनको स्ववीयु सभापति बनेका थिए । अन्तिम पटक रश्मी आचार्य २०६५ सालमा पिएनको स्ववीयु सभापति बनेका हुन् । त्यसता स्ववीयु निर्वाचन हुन सकेको थिएन ।
गत ५ चैतमा स्थगित भएको मतदान आइतबारमात्र भएको हो । जसमा एकतिहाइ अर्थात् ३१ दशमलब २५प्रतिशत मात्र मत खसेको छ । सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाताविद्यार्थीमध्ये २ हजार ८ सय ९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए ।











