२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

रोटरी काठमाण्डौ हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतामा हस्ताक्षर र सचेतना कार्यक्रम आयोजना

काठमांडौं । रोटरी काठमाण्डौ हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दुई संस्थाहरु बिच क्यान्सर सचेतना जगाउनको बिभिन्न बर्ग, समूहहरुमा सचेतना कार्यक्रम आयोजना गर्ने, स्वास्थ शिविर आयोजना गर्नको लागि हातेमालो गर्ने तथा अन्य बिविद्य स्वास्थ सम्बन्धि जनचेतनामूलक तथा शिक्षावद्र्धक कार्यक्रमहरु आयोजना गर्न हातेमाले गर्ने तथा क्लबका सदस्यहरुलाई बिभिन्न उपचार तथा जांचमा लाग्ने शुल्कहरुमा समेत छुट दिने बिषयहरुमा दुई पक्षहरु बिच सम्झौता भएको हो ।

काठमाण्डौंको बबरमहलमा एक कार्यक्रमका बिच सम्पन्न उक्त सम्झौतामा रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमा कुमारी अधिकारी र काठमाण्डौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सुमित सापकोटाले हस्ताक्षर गरेका छन् । हस्तार सम्पन्न भएपछि क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

जसमा सेन्टरका अध्यक्ष डा. सुमित सापकोटा, क्यान्स बिषेशज्ञ डा. रजनी झा, अस्पताल ब्यवस्थापक बर्षा कोईराला तथा ब्यवस्थापकहरु आकाश झा र सुजन भट्टराईले प्रस्तुतिकरण मार्फत बिभिन्न जानकारीहरु गराईएको थियो भने क्लबको तर्फबाट पनि दुबै संस्थाहरु मिलेर आयोजना गर्न सकिने बिभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो ।

सम्झौता पछि दुबै पक्षले क्यान्सर रोग सचेतना तथा स्वास्थ शिविर आयोजना गर्नको लागि देशका बिभिन्न समुदाय र भागहरुका कार्यक्रमहरु सञ्चालन गरी मानिसहरुको स्वास्थ सुधार गर्ने उदेश्यका साथ क्लबले आवश्यक सरोकारवालाहरुसंग समन्वय गर्ने, आवश्यक सामानहरुको ब्यवस्था गर्ने र क्यान्सर सेन्टरले उक्त कार्यक्रमको लागि आवश्यक डाक्टर, प्राविद्यिक तथा स्वास्थ सामाग्रीहरु उपलब्ध गराउने सहमती भएको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…