9Shares

काठमाडौं ।  राजसंस्था,सहितको हिन्दूराज्यको स्थापना र संघीयता खारेजीको माग गर्दै राजवादीहरुले शुक्रबार काठमाडौंमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा बारम्बार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि पानीको फोहोरा र दर्जनौ अँश्रु ग्याँस प्रहार गरेको थियो ।

प्रहरीले प्रदर्शनकारीको मञ्चमा नै अश्रुँग्याँस प्रहार गरेपछि सभा विथोलिएपछि अराजक बनेका राजवादी प्रदर्शनकारीहरु तोडफोडमा उत्रिएका थिए । उनीहरुले व्यवसायिक घरमा आगजनीका साथै ठाउँठाउँमा केही सवारी साधनमा समेत आगजनी गरेका छन् ।

प्रदर्शनकारीको कागजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक व्यवसायिक घरमा भएको आगजनीको प्रत्यक्ष प्रसारणमा जुटिरहेका एभिन्यूज टिभीका क्यामरापर्सन सुरेश रजकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीलाई घटनाबारे जानकारी गराउँदा समेत समन्वय नगरेको पत्रकारहरुले बताएका छन् । उता प्रहरीले चलाएको गोली लागि कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ भने एक आन्दोलनकारी गम्भीर घाइते भएका छन् ।

त्यसो त आन्दोलनमा दर्जनौ आन्दोलनकारी घाइते भएका छन् भने घटनामा प्रहरी समेत घाइते भएका छन् । यद्यपि यो समाचार तयार पर्दासम्म क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।

राजवादीको आन्दोलन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अपरान्हदेखि नै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

 

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected