२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरा २६ को जल्धारेमा जेष्ठ नागरिक सहित तीनसयको स्वास्थ्य परिक्षण

लेखनाथ/ पोखरा महानगरपालिका वडा नं. २६ को जल्धारेमा शनिवार आयोजित स्वास्थ्य शिविरमा झण्डै तिनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।

आर्युवेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परिक्षण गर्न आग्रह गरे । अध्यक्ष थापाले रोगका कारण पनि जेष्ठ नागरिकहरुलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, जेष्ठ नागरिकमैत्री व्यवहार गर्न समेत जोड दिए ।

वडा विकासको मानक भौतिक पूर्वाधार मात्र नभएको उल्लेख गर्दै अध्यक्ष थापाले, नागरिक स्वस्थ र सुखी छन् की छैनन् भन्नेले पनि निर्धारण गर्ने बताए । जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको उल्लेख गरे । दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अगाडी बढिरहेको समेत स्पष्ट पारे ।

अध्यक्ष थापाले शारिरिक स्वस्थताले विचार र व्यवहारमा समेत प्रभाव पार्ने भएकाले नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिन आग्रह गरे। गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जेष्ठ नागरिक स्वस्थ रहे ज्ञान र शिपको दोश्रो पुस्तामा हस्तान्तरण हुने बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना, नमूना महिला समूहका सहसचिव कल्पना लामिछाने ढुंगाना, स्वास्थ्य महाशाखाका कर्मचारी सरिता अधिकारी देवकोटा लगायतले स्वास्थ्य शिविरको प्रभावकारिताका बिषयमा बोलेका थिए ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजना, वडा नं. २६ को समन्वय र गण्डकीक आर्युवेद अस्पताल अर्घौको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको थियो । शिविरमा आर्युवेद अस्पतालका चारजना चिकित्सक सहितको टोलीले सहजीकरण गरेको थियो । शिविरमा ९२ बर्ष देखी ६ बर्षसम्मका गरी झण्डै तीनसय जनाको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…