17Shares

काठमाडौँ नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमाखटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाईकारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो

महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएकोपत्रकार हत्या, आक्रमण मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागिआन्दोलनका कार्यक्रम घोषणा गरेको  

महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्नउपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा सदस्यीय अध्ययन कार्यदल गठन गरेको   केन्द्रीय समितिकासचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली सविन प्रियासनकार्यदलमा सदस्य छन्  त्यस्तै, घटनाको विरोधमा महासंघले आइतबार देशभरका पत्रकारलाई कालोपट्टीबाँधेर काम गर्न आह्वा गरेको  

त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेकोमहासचिव रामप्रसाद दाहालले जानकारी दिए  त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको  

महासंघले शनिबार आक्रमणमा परेका सञ्चारगृहमा गएर स्थलगत अवलोकन तथा निरीक्षण गर्ने, घटनाकापीडित, प्रत्यक्षदर्शी पीडितका परिवारसँग छलफल गर्ने निर्णय गरेको   त्यस्तै, पत्रकार सुरेश रजककार्यरत रहेको सञ्चार संस्थालाई समेत उनको परिवारलाई राहत तथा क्षतिपूर्ति, सेवासुविधा भुक्तानीलगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected