२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेपाल भारत मैत्री संघको गण्डकी प्रदेश सभा सम्पन्न

पोखरा । नेपाल भारत मैत्री संघको आसन्न केन्द्रिय मैत्री सभा एवं गण्डकी प्रदेश सभा सम्बन्धित छलफल कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ गण्डकी प्रदेशको आयोजनामा सम्पन्न सभामा चैत २९ र ३० गते काठमांडौमा हुन गईरहेको नवौं अधिबेशनको पूर्व सन्ध्यामा उक्त बैठक आयोजना गरिएको हो ।

नेपाल भारत मैत्री सङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष ऋषि सापकोटा अध्यक्षता, नेपाल भारत मैत्री संघका केन्द्रीय का.वा. अध्यक्ष शैलेन्द्र कुमार झाको प्रमुख आतिथ्यता सम्पन्न सभामा संस्थाले हालसम्म गरेका कार्यको समिक्षासहित भावी कार्य दिशाका बारेमा ब्यापक छलफल एवं अर्न्तक्रिया भएको संघका महासचिव बोधकृष्ण सुवेदीले बताए ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कावा अध्यक्ष शैलेन्द्र कुमार झाले नेपाल र भारतबिचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आईरहेको बताए । उनले नेपाल र भारत विगत ईतिहासदेखि रोटी र बेटिको सम्बन्ध रहि आएको छ यद्यपि बेलाबेलामा आउँने स-साना विवाद समस्यामा आम नागरिकले दुःख नपाउन भनि मध्यस्तताको काम पनि गर्दै आएको उल्लेख गरेका थिए ।

मैत्री संघका महासचिव बोधकृष्ण सुवेदीले संघको भावी कार्य दिशाका बारेमा आफ्‌नो भनाई राख्दै नेपाल र भारतबिचको सहकार्य, साझेदारी, र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने आवश्यकता औँल्याएका थिए ।

मैत्री संघ गण्डकी प्रदेशका सचिव जयराम पौडेलको संचालन रहेको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेशका अध्यक्ष बासुदेव रिमाल, केन्द्रिय उपाध्यक्ष एवं कोशी प्रदेश अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष एवं सुदुर पश्चिम अध्यक्ष हरि शंकर ठाकुर, केन्द्रिय सदस्यहरु हरिराम पौडेल, अरुण कुमार सिंज, कमला ढुंगेल, गुणानिधि काफ्‌ले, सिता बस्याल, सूर्य नाथ घिमिरे, लगाएतले नेपाल भारत मैत्री संघमा क्रियाशील रहँदैगर्दा नेपाल भारतको मित्रतालाई कायम राख्दै सुमधुर सम्बन्ध बनाउनमा संघले भुमिका निर्वाह गरेको संघको पहलमा नेपालमा थुप्रै कार्यहरू सञ्चालन हुँदै आएको उल्लेख गर्दै जिल्ला जिल्लामा रहेका संस्थाले माग गरेको खण्डमा त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।

मैत्री संघ कास्कीका अध्यक्ष डा. बिर बहादुर कार्कीको स्वागत मन्तब्यसहित शुभारम्भ भएको छलफल कार्यक्रममा गण्डकीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, गोर्खाका अध्यक्ष तोयाराज गुरुङ, लम्जुङका अध्यक्ष माधव प्रसाल घिमिरे, कास्कीका निवर्तमान अध्यक्ष जगन बहादुर गुरुङ, कास्कीका उपाध्यक्ष मिरा आचार्य, सचिव गिरीराज गौतम, कोषाध्यक्ष सुमन गुप्ता, सदस्यहरु सूर्यमोहन सापकोटा, रामजिवन यादव, बिजया सापकोटालगाएतले मैत्री संघका यस्ता अर्न्तक्रिया कार्यक्रहरु समय समयमा भैरहनुपर्ने बताएका थिए ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको अध्यक्षतामा स्थापना भएको संस्था हाल आएर ७४ जिल्ला शाखा र त्यतिकै मात्रामा उप शाखामा विस्तार हुँदै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…