२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पत्रकारलाई डिजिटल साक्षरता तालिम

लेखनाथ, कास्की । कोपिला नेपालको आयोजना, पत्रकार महासंघ कास्कीको समन्वय, द युरोपियन युनियन र इन्टरनेशनल एलर्टको सहयोग  साथै नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम् नेटवर्कको प्राविधिक सहयोगमा तीन दिने ‘पत्रकारका लागि डिजिटल साक्षरता’ विषयक तालिम सम्पन्न भएको छ ।

विहिवारदेखि सुरु भएको तालिममा पोखराका २० जना पत्रकारको सहभागिता थियो । प्रशिक्षक रजनीश भण्डारीले मोवाईल जर्नालिजम् टेक्निक , मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिजम्, फोटो जर्नालिजम्, भिडियो इडिटिङ, एआई पत्रकारिता लगाएतका बिषयमा प्रशिक्षण दिलाएका थिए । उनले एआईको प्रयोगले पत्रकारितालाई अझ सहज, प्रभावकारी बनाउने बताउदै पत्रकारहरू सबै विधामा सक्षम हुनुपर्ने भनाई राखेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अहिले आमसञ्चार माध्यम जीवनको अभिन्न अङ्ग बनिसकेको बताउदै तालिमबाट सिकेको ज्ञानलाई प्रयोगमा आउँने विश्वास ब्यक्त गरेका थिए । कोपिला नेपालका संयोजक तीर्थबहादुर थापाले संस्थाका गतिबिधि बारे प्रकाश पार्दै तालिममा सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । बिशेष गरी कोपिला नेपालले बालबालिका, महिला शुरक्षा घर, मानसिक स्वास्थ्य र लैंगिक हिंसाको पक्षमा काम गर्दै आएको थापाले बताए ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिम उपयोगी र प्रभावकारी रहेको प्रतिकृया दिदै  पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता तालिम कोसेढुंगा साबित भएको बताएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…