२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

कस्केली अधिकृत समाजको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न

पोखरा, १४ वैशाख । कस्केली अधिकृत समाजको आयोजनामा शनिबार कास्की र लम्जुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । समाजको वार्षिक कार्यक्रम अन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण सञ्चालन गरिहेकोमा यस वर्ष कास्की र लम्जुङ जिल्लाका केही पर्यटकीय गन्तव्यलाई समेटिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिए ।

उनका अनुसार यस वर्ष लम्जुङको गाउँशहरस्थित लम्जुुङ दरबार, मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेव मन्दिर करापुटार, मर्स्याङ्दी गाउँपालिकास्थित हर्क गुरुङ समाधिस्थल पार्क, अपर मस्याङ्दी पावरहाउस बाँध ङादी, कास्कीको रुपातालस्थित जलसिद्ध महादेव लगायतका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य समेटिएको हो ।

प्रवद्र्धनात्मक भ्रमणका माध्यमबाट विभिन्न गन्तव्यहरूको पर्यटन बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ वर्षेनी कार्यक्रमहरू सञ्चालन गरिदै आइएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन एवम् आन्तरिक तया बाह्य पर्यटकहरूको आकर्षण बढाउनुपर्ने बताए ।

कार्यक्रमकै क्रममा मर्स्याङ्दी गाउँपालिकामा आयोजित कार्यक्रममा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले लम्जुङ जिल्लाका धेरै पर्यटकीय गन्तव्यहरू पर्यटन प्रवद्र्धनको पर्खाइमा रहेको बताए । डा.हर्क गुरुङ समाधिस्थल पार्कका अध्यक्ष एवम् मर्स्याङ्दी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष तीलबहादुर गुरुङले डा. हर्क गुरुङको योगदानलाई जीवन्त राख्न समाधिस्थल पार्क बनाइएको जानकारी दिए ।

समाजका सचिव महेश पौडेलले समाजको यस कार्यक्रमले लम्जुङ दरबारको ऐतिहासिकता, इशानेश्वर महादेवको धार्मिक एवम् सांस्कृतिक महत्वका साथै यस क्षेत्रका विविध पर्यटकीय सम्भावनालाई उजागर गर्न खोजेको बताए ।कास्की जिल्लामा जन्मस्थान भई निजामति एवम् नेपाल सरकारको पूर्ण स्वामित्व रहेका सार्वजनिक संस्थानमा अधिकृत वा सो भन्दा माथिल्लो तह एवम् श्रेणीमा आवद्ध करिब ४५० अधिकृत कर्मचारीहरू आजीवन सदस्यका रुपमा समाजमा आवद्ध रहेको उनले जानकारी दिए । समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

समाजले यस अघि स्याङ्जाको नुवाकोट, बाग्लुङको पञ्चकोट, बाग्लुङ कालिका मन्दिर, स्याङ्जा तथा पर्वतका डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानको प्रवद्र्धनात्मक भ्रमण कार्यक्रम सम्पन्न गरिसकेको छ । यस वर्षको प्रवद्र्धनात्मक कार्यक्रममा ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक वासुदेव पौडेलले जानकारी दिए । पछिल्ला वर्षमा समाजका प्रवद्र्धनात्मक कार्यकममा आकर्षण बढीरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा समाजका सल्लाहकारहरू दुर्गाबहादुर शाह(बाबा), प्रेमप्रकाश गौतम, बिष्णुप्रसाद बराल, शिबहरि शर्मा, कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, लोक गायिका प्राज्ञ हरिदेवी कोइराला लगायतको सभागिता थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…