
लेखनाथ, कास्की । कोपिला नेपालको आयोजना, पत्रकार महासंघ कास्कीको समन्वय, द युरोपियन युनियन र इन्टरनेशनल एलर्टको सहयोग साथै नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम् नेटवर्कको प्राविधिक सहयोगमा तीन दिने ‘पत्रकारका लागि डिजिटल साक्षरता’ विषयक तालिम सम्पन्न भएको छ ।

विहिवारदेखि सुरु भएको तालिममा पोखराका २० जना पत्रकारको सहभागिता थियो । प्रशिक्षक रजनीश भण्डारीले मोवाईल जर्नालिजम् टेक्निक , मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिजम्, फोटो जर्नालिजम्, भिडियो इडिटिङ, एआई पत्रकारिता लगाएतका बिषयमा प्रशिक्षण दिलाएका थिए । उनले एआईको प्रयोगले पत्रकारितालाई अझ सहज, प्रभावकारी बनाउने बताउदै पत्रकारहरू सबै विधामा सक्षम हुनुपर्ने भनाई राखेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अहिले आमसञ्चार माध्यम जीवनको अभिन्न अङ्ग बनिसकेको बताउदै तालिमबाट सिकेको ज्ञानलाई प्रयोगमा आउँने विश्वास ब्यक्त गरेका थिए । कोपिला नेपालका संयोजक तीर्थबहादुर थापाले संस्थाका गतिबिधि बारे प्रकाश पार्दै तालिममा सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । बिशेष गरी कोपिला नेपालले बालबालिका, महिला शुरक्षा घर, मानसिक स्वास्थ्य र लैंगिक हिंसाको पक्षमा काम गर्दै आएको थापाले बताए ।
तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिम उपयोगी र प्रभावकारी रहेको प्रतिकृया दिदै पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता तालिम कोसेढुंगा साबित भएको बताएका थिए ।










