२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

लायन्सको रिजन कन्फ्रेरेन्समा बैन बहादुर गुरुङ सम्मानित

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३ अन्तर्गत रिजन ६ को रिजन कन्फ्रेरेन्समा बैन बहादुर गुरुङ सम्मानित भएका छन् । विहिबार एस.आर.के.सी. वेन्कुईट माटेपानी पोखरामा सम्पन्न रिजन कन्फ्रेरेन्समा भुमि आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङलाई सम्मान गरिएको हो ।

रिजन ६ का रिजन चेयरपर्सन सूर्य चपाईको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगानाको प्रमुख आतिथ्यतामा आयोजित रिजन कन्फ्रेरेन्समा सम्मानित ब्यक्तित्वलाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ :

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई, नेपाल रिजन–६ को रिजन कन्फ्रेन्सको अवसरमा देश र जनताको लागि भनी आफ्‌नो व्यक्तिगत स्वास्थ्य र जीबन एवम् घर परिवार नभनी भौतिक सुख सुबिधा र सरकारी पेशा समेत त्यागी राजनीति मार्फत सामाजिक बिकृती बिसङ्गती बिरुद्द कार्य गर्नु भएका, भौगोलिक एवम् भौतिक बिकास सङ्गसङ्गै सामाजिक, राजनैतिक र सर्वागिर्ण बिकास र प्रबर्दनका लागि सदा सर्वदा लडिरहनु भएका तपाई पोखरा २८ (साविक माझठाना–४) जन्मभुमी भै हाल पोखरा १४ लाई कर्मथलो बनाउदै आउनुभएका नेपाल सरकार भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष समाजसेवी एवम् राजनैतिक ब्यक्तित्व श्री बैन बहादुर गुरुङ्ग ज्यूले सामाजिक, मानवीय सेवा तथा स्थानिय विकासमा पुऱ्याउनु भएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै स–धन्यवाद सहित कदर स्वरुप यो सम्मान पत्र प्रदान गर्दछौं ।

रिजन कन्फ्रेरेन्समा रिजन अन्तर्गतका ८ वटा क्लबका अध्यक्ष तथा सचिव सहभागी थिए । उक्र कार्यक्रममा रिजन अन्तर्गतका क्लबले गरेका कामको समिक्षा भएको रिजन चेयरपर्सन सूर्य चपाईले जानकारी दिए । कार्यक्रममा रिजन ६ अर्न्तगतका जोन चेयरपर्सनहरु ११ का राजकुमार घिमिरे र १२ युवराज खनालले आ–आफ्‌ना क्लबले सम्पादन गरेका कार्य विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले रिजन ६ अन्तर्गतका क्लबहरुको सक्रियता तथा सामाजिक काममा योगदान राम्रो रहेको धारणा राखे भने पूर्व डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेलले लायन्सले समाजमा गरेका सेवाका कार्य गैर लायन्सले पनि सुनुन् देखिुन् र लायन्स प्रति उनिहरुको लगाव बढोस् भन्ने उदेश्यले यस्ता कार्य गर्ने गरिएको बताए ।

सम्मानित ब्यत्तित्व भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले सम्मानबाट आफु ऋणी भएको प्रतिक्रिया दिदै लायन्स समाज सुधारका पक्षमा गरेको प्रयास प्रशंसा योग्य रहेको बताए ।  कार्यक्रममा अनामिका घिमिरेले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन । रिजन चेयरपर्सन सूर्य चपाईले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सिनियर लायन्स लिडर, जोन चेयरपर्सन, क्लब अध्यक्षलाई मायाको चिनोले सम्मान समेत गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…