२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

संस्कारयुक्त शिक्षाको अभावले संस्कारगत मूल्य मान्यता कम्जोर हुँदै गएको छ- माता हेमानन्द गिरीजी महाराज

पोखरा । प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरी महाराजले वर्तमान समयमा संस्कारयुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्कारगत मूल्य मान्यता कम्जोर हुँदै गएको बताउनु भएको छ । बाबा फ़ाउण्डेशन नेपाल र नेपाल दशनामी समाज कास्कीको संयुक्त आयोजनामा पोखरा–२१, निर्मलपोखरीस्थित जनचेतन माविमा शिक्षा र संस्कारका लागि एक दिवसीय प्रवचन कार्यक्रममा अनन्त श्रीविभुषित प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराजले उक्त कुरा बताउनु भएको हो ।

शिक्षा र संस्कारका बारेमा प्रवचन दिदैं उहाँले वर्तमान समयमा संस्कारयुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्ककारगत मूल्य मान्यता कम्जोर हुँदै गएको बताउदै हाम्रा संस्कारगत पहिचान र गौरवका धरोहर मानिने संस्कृति सूत्रहरु दिन प्रतिदिन क्षयीकरण हुँदै गएको धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले समाजमा वौद्धिक र शिक्षित वर्गले संस्कार शिक्षाको क्रान्ति नै गर्नुपर्ने बेला आएको महशुस गर्दै ती प्राचीन तर वैज्ञानिक संस्कारका ज्ञान विज्ञानलाई आधुनिक संसारसँग जोडेर सरल र सहज शैलीमा बालबालिकाहरुको कलिलो मष्तिस्कमा संस्कारित गर्ने बेला आइसकेको बताउनु भयो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै पोखरा महानगरपालिका वडा नं.२१ का वडाध्यक्ष दिपक सुवेदीले शिक्षा र संस्कार एउटै रथका दुई पाङग्रा रहेको बताउनुभयो । शिक्षाको मूल उदेश्य भन्नु नै मानिसलाई असल, सफल र खुशीको संस्कार प्रदान गर्नु हो । अहिले समाजका प्रत्येक क्षेत्रमा रुपान्तरण चाहिएको छ, जुन रुपान्तरण एक्लो शिक्षाबाट सम्भव हुँदैन त्यो रुपान्तरण संस्कारयुक्त शिक्षाबाट आशावादी बन्न सकिने कुरामा सुबेदीको जोड़ थियो ।

बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठले फ़ाउण्डेशन स्थापना गर्नुको उद्देश्य प्रष्टाउदै शिक्षा संस्कार कसरी समयानुकूल बनाउँदै लैजान सकिन्छ भन्ने अभिप्रायले विगत १७ बर्षदेख़ि बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । नेपाली समाजमा ज्ञान र सीप त छ तर बानी ब्यहोरा संस्कारहीन हुँदै गएको देखिन्छ, आचरणको रुपान्तरण हुन नसकेको अवस्था रहेको भनाई श्रेष्ठले राख्नु भयो ।

नेपाल दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी, दशनामी समाज कास्कीका सल्लाहकार बाबुराम गिरी, समाजका सहसचिव श्रीघर गिरीलगाएतले बोलेका थिए ।

सो अवसरमा बाबा फ़ाउण्डेशन नेपालले सो बिधालयमा अध्ययनरत बिधार्थीहरूको शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भन्ने उद्देश्यले करिव १०० दर्जन कपिको साथमा आवश्यक मात्रामा कलम उपलब्ध गराएको थियो ।

त्यस्तै वातावरण संरक्षणलाई मध्यनजर गर्दै फ़ाउण्डेशनले कुहिने, नकुहिने र सिसा जन्य बस्तु व्यवस्थापनका लागि ६ थान डस्विनसमेत उपलब्ध गराएको थियो । सामग्रीहरू बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी र बिधालयका प्रधानाध्यापक अर्जुन पौडेललाई फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…