२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
अर्थ र वाणिज्यखबर

आर्थिक वर्ष २०८२/८३ का लागि साढे १९ खर्ब रुपियाँको बजेट प्रस्तुत

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे १९ खर्ब रुपियाँको बजेट प्रस्तुत भएको छ । बिहीबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६२ अर्ब ११ करोड रुपियाँ बजेट प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू खर्चका निम्ति.११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.२ प्रतिशत बजेट विनियोजन गरेका छन् । बजेट कार्यान्वयनका लागि राजस्वबाट १३ खर्ब १५ अर्ब रुपियाँ, वैदेशिक अनुदानाट ५३ अर्ब ४५ करोड .रुपियाँ र वैदशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र बाँकी ३ खर्ब ६२ अर्ब रुपियाँ तथा आन्तरिकबाट व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

सरकारले ५ खर्ब ९५ अर्ब ६६ रुपियाँ घाटा बजेट पेश गरेको छ । विनियोजित बजेटबाट ४ खर्ब १७ अर्ब ८३ करोडल रुपियाँ वित्तीय हस्तान्तरण हुनेछ ।

सरकारले बजेटका प्राथमिकतामा उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता, नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार रहेका छन् ।

त्यस्तै बजेट उद्देश्यहरुमा उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरिबी निवारण गर्ने, उद्यमशील विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने । आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने । सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने । गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने ।

चालू आर्थिक वर्ष २०८१÷८२ मा सरकारले १८ खर्ब ६० अर्ब रुपियाँ बजेट विनियोजन गरेको भएपछि बजेटको अर्धवर्षिक समीक्षामा चालू आवमा १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख मात्र खर्च हुने सरकारले संशोधित अनुमान छ । जेठ १४ सम्मको तथ्यांकअनुसार जम्मा १२ खर्ब २१ अर्ब ४० करोडको हाराहारीमा अर्थात् विनियोजन बजेटको ६५ दशमलव ६६ प्रतिशत मात्र खर्च भएको छ ।

हालसम्म चालू खर्चतर्फ ८ खर्ब ९२ अर्ब अर्थात् करिब ७१ प्रतिशत खर्च भए पनि पुँजीगत खर्च भने ३६ प्रतिशतमा मात्र सीमित छ । कुल ३ खर्ब ५२ अर्ब ३५ करोडको पुँजीगत बजेटमध्ये हालसम्म १ खर्ब २९ अर्ब रुपियाँ खर्च भएको छ । संशोधित अनुमानअनुसार पुँजीगत खर्च २ खर्ब ९९ अर्ब ५० करोडमा सीमित रहनेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…