२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

नेपालमा लायनवादको ५४ बर्षे इतिहासमा पहिलो पटक मल्टिपल काउन्सिल चेयरपर्सनमा महिला निर्वाचित

काठमाडौं । नेपाली लायनवादको ५४ वर्षको इतिहासमा पहिलो पटक मल्टिपल डिष्ट्रिक्टमा महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट  ३२५ जे नेपालको डिष्ट्रिक्ट गभर्नर मिलन थापालाई मल्टिपल काउन्सिल चेयरपर्सनमा निर्विरोध निर्वाचित गरिएको हो । उनी लायन वर्ष २०२५/२६ का लागि काउन्सिल चेयरपर्सनमा निर्वाचित भएकी हुन् ।

जेठ १८ गतेसम्म मनोनयन दर्ता गर्ने समय रहेकोमा मल्टिपल चेयरपर्सनमा उनको मात्र मनोनयन दर्ता भएको थियो ।

भाईस काउन्सिल चियरपर्सनमा भने ३ जनाको उम्मेदवारी परेको छ । जसमा डिष्ट्रिक्ट ३२५ एच का इलेक्ट डिष्ट्रिक्ट गभर्नर रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट ३२५ जीबाट इलेक्ट डिष्ट्रिक्ट गभर्नर विधान जोशी र डिष्ट्रिक्ट एफका इलेक्ट डिष्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारीले मनोनयन दर्ता गरेकाले सर्वसम्मत हुन सकेको छैन । 

यसैगरी मल्टिपल काउन्सिल सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट डिष्ट्रिक्ट गभर्नर बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आरका इलेक्ट गभर्नर नवराज सापकोटा निर्विरोध भएका छन् भने काउन्सिल जोईन्ट सेक्रेटरी र ट्रेजररमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

निर्विरोध नयाँ नेतृत्वको औपचारिक घोषणा भने आउँदो जेठ २४ गते प्रज्ञा भवन काठमांडौंमा हुने मल्टिपल कन्भेन्सनमा गरिनेछ । भाईस काउन्सिलमा त्यसदिनसम्ममा सहमति हुन नसके निर्वाचनमा जाने छ । निर्वाचनका लागि नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टका इलेक्ट डिष्ट्रिक्ट गभर्नरहरू नै भोटर रहने छन् । 

निर्विरोध रूपमा काउन्सिल चेयरपर्सनमा निर्वाचित  भएपछि छोटो प्रतिक्रिया दिदै मिलन थापाले सहयोग गर्नुहुने सबै अग्रज लायन्स लिडर र १५ वटै डिष्ट्रिक्टका गभर्नरहरुलाई धन्यवाद दिँदै आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…