२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पराजुलीलाई अर्पण

अन्नपूर्ण, कास्की । यस वर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार रोहितराज पराजुलीलाई अर्पण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले स्थापना एवं सञ्चालन गर्दै आएको सो पुरस्कारबाट मंगलबार पराजुलीलाई सम्मान गरिएको हो ।
३ जुन अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारी घान्द्रुकमा आयोजना गरिएको पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन समापन समारोहमा २५ हजार राशी सहितको सो पुरस्कार पराजुलीलाई अपर्ण गरिएको हो । पत्रकारिताको माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने पत्रकारलाई प्रत्येक वर्ष समितिले यो पुरस्कार दिँदै आएको छ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य रिषिराम भण्डारी, आयोजक समितिका अध्यक्ष ललित गुरुङ, प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङ, अन्नपुर्ण १० का अध्यक्ष गौतम गुरुङ, ११ का अध्यक्ष हिमबहादुर गुरुङ लगायतले सो पुरस्कारबाट पराजुलीलाई सम्मान गरेका थिए ।

२०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका पराजुली २०६६ सालदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आबद्ध छन्।समितिले यसअघि २०७५ सालमा आयोजना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा पराजुलीलाई सम्मान गरेको थियो।

पराजुली यसअघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत भइसकेका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…