
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार राजन लम्साललाई सोही पदका अर्का उम्मेदवार डिके ढ़ुगांनाले समर्थन गरेका छन् ।
सोमवार नारायणगढ़मा आयोजित मिट एण्ड ग्रिट प्रोग्राममा पूर्व डिष्ट्रिक्ट गभर्नर डिके ढ़ुगांनाले हाम्रो पूर्ण समर्थन लायन राजन लम्साललाई रहने घोषणा गरेका हुन् । सो कार्यक्रममा ढ़ुगांनाले आफ्नो उम्मेदवार फिर्ता लिने घोषणा गर्दै डिष्ट्रिक्ट ३२५ आर नेपालको पूर्ण समर्थन रहने घोषणा गरेका थिए ।

बुधवार नै सामाजिक संजालमा लेख्दै अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार डिके ढ़ुगांनाले हाम्रो पूर्ण समर्थन–लायन राजन लम्साललाई भन्दै पोस्ट गरेका छन् ।
उनले लेखेका छन् –
हाम्रो पूर्ण समर्थन–लायन राजन लम्साललाई
प्रिय लायन मित्रहरू, आदरणीय मतदाता महानुभावहरू,
लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ को आसन्न कन्भेन्सनमा आइडी इन्डोरसी पदका लागि उम्मेदवार एरिया लिडर लायन राजन लम्सालज्यूलाई म व्यक्तिगत रूपमा, साथै डिस्ट्रिक्ट ३२५ आर नेपालका सम्पूर्ण पिडिजीहरू, वर्तमान डिस्ट्रिक्ट गभर्नरको टोली र समस्त लायन्स सदस्यहरूका तर्फबाट एकबद्ध समर्थन रहेको कुरा गौरवका साथ घोषणा गर्न चाहन्छु।
लायन्स आन्दोलनमा दशकौंको समर्पण, नेतृत्व क्षमताको गहिरो अनुभूति, र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली लायनवादको सशक्त पहिचान स्थापित गर्ने प्रतिबद्धता राख्ने व्यक्तित्व लायन राजन लम्साल निश्चय नै आइडी इन्डोरसीको गरिमामय जिम्मेवारी सम्हाल्न सक्षम, योग्य र दूरदर्शी नेता हुनुहुन्छ।
मैले आफैं पनि यो पदका लागि उम्मेदवार रहने निर्णय गरिसकेको अवस्थामा, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, संस्थागत हित र नेपाली लायनवादको उज्ज्वल भविष्यलाई मध्यनजर गर्दै मेरो उम्मेदवारी फिर्ता लिई उहाँलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छु।
यो समर्थन केवल मेरो व्यक्तिगत निर्णय होइन, यो समूहगत सहकार्य, परिपक्व राजनीतिक चेतना र नेतृत्वको सम्मान हो। हामीले आफ्नो उम्मेदवारी फिर्ता लिँदा कुनै कमजोरी होइन, बरु यो लायन्स धर्म र संगठनप्रतिको निष्ठाको उत्कृष्ट उदाहरण हो भन्नेमा म विश्वस्त छु।
यस ऐतिहासिक निर्णयमा सम्पूर्ण पिडिजीहरू, लायन नेतृत्व गण र सदस्य मित्रहरूको सहमति र विश्वास रहेकोछ।
आउनुहोस्, हामी सबै मिलेर लायन राजन लम्साललाई विजयी बनाउँ— नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउने हाम्रो साझा सपना साकार पारौं।
लायन डीके ढुङ्गाना
पूर्व डिस्ट्रिक्ट गभर्नर
डिस्ट्रिक्ट ३२५ आर, नेपाल











