२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

सुनुवार र बुढ़ा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनको च्याम्पियन

अन्नपूर्ण, कास्की । नेपाल आर्मीका तिलक बहादुर सुनुवार र अन्तर्राष्ट्रिय अल्ट्रा धावक सुनमाया बुढा पाँचौं सस्करणको अन्नपूर्ण म्याराथनको च्याम्पियन भएका छन् । अन्नपूर्ण आधार शिविर देखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीमासम्पन्न प्रतियोगितामा उनीहरु च्याम्पियन भएका हुन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल एडभेन्चर रनिङ फेडेरेशनको प्राविधिक व्यवस्थापनमाअन्नपूर्ण आरोहणको हिरक महोत्सव ७५ वर्ष पुगेको अवसरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तिलकले४ः२४ः०४ सेकेण्डमा दुरी पार गरी च्याम्पियन भए भने नेपाल आर्मीका होमलाल श्रेष्ठ ४ः३०ः४८ सेकेण्डको समयलिंदै दोस्रो भएका छन् । त्यस्तै ४ घन्टा ३३ मिनेट २१ सेकेण्डको समयमा दौड पुरा गरी दल बहादुर कुँवरले तेस्रोस्थान हात पारे । यस्तै स्थानियतर्फ सचिन गुरूङले बाजी मारे । उनले ४ घन्टा ३६ मिनेट ०३ सेकेण्डमा दौड पुरागरेका थिए

यस्तै महिला तर्फ सुनमाया च्याम्पियन बनिन् । उनले ४ घन्टा ४१ मिनेट २५ सेकेण्डको समयमा दौड पुरा गरिन्भने दोस्रो भएकी राममाया बुढाले ४ घन्टा ५० मिनेट २४ सेकेण्डको समय लिइन् । सुनमाया र राममाया दुबैजनासहोदर दिदी बहिनी समेत हुन् । तेस्रो भएकी कल्पना बुढाले ५ घन्टा २ मिनेट ४० सेकेण्डको समय लिइन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुले क्रमश नगद रु प्रथमले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले नगदरु ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । म्याराथनतर्फ ७ विदेशी धावकसहित ७०जनाले सहभागिता जनाएको प्राविधिक सहयोगी रिक्की योञ्जनले जानकारी दिए । कुल ८४ जनाले दर्ता गरेपनि खराव मौसम र स्वास्थ्यका कारण ७७ जनाले दौड पुरा गर्ने उनले बताए । जसमा १४ जना महिलाहरुकोसहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु संगै विभिन्न क्षेत्रका वक्ताहरुले आजको दिन जुन ३ महत्वपूर्णरहेको बताउँदै यस क्षेत्रको दिगो पर्यटनको विकास संगै सहाशिक खेलकुदको गन्तव्य बनाउनु पर्नेमा जोडदिएका थिए ।

‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…